ठूलो ठूलो स्वरमा कोही चिच्याएर बोल्दैमा प्रधानमन्त्रीको कदम असंवैधानिक हुदैन –कोमल ओली (भिडियो सहित)

  

सिष्टम र संविधान जोगाउनका लागि प्रधानमन्त्री ओलीले अहिलेको कदम चालेको  सहि भएको दाबी


काठमाडौ ।  नेकपा  सांसद कोमल ओलीले  ठूलो ठूलो स्वरमा कोही चिच्याएर बोल्दैमा प्रधानमन्त्रीको कदम असंवैधानिक नहुने दाबी गर्नुभएको छ । राष्ट्रिय शभाको शुक्रबारको बैठकमा बोल्दै सासद ओलीले  संसद् विघटन संवैधानिक हो वा असंवैधानिक त्यो सर्वोच्च अदालतले फैसला गर्ने दावी गर्दै अहिलेको सिष्टम र संविधान जोगाउनका लागि प्रधानमन्त्री ओलीले अहिलेको कदम चालेको  सहि भएको दाबी गर्नुभयो ।