काठमाडाैंः नेपालका वरिष्ट गीतकार भैरवनाथ रिमाल "कदम" काे शनिबार निधन भएकाे छ ।
नेपालका उच्च कोटीका तीन गीतकारमध्येका एक रिमालकाे शनिबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । उहाँकाे जन्म ठमेलमा १९९३ साल माघ २० मा भएकाे थियाे ।
उहाँले रचना गर्नु भएका सबै गीत कालजयी छन् । उहाँले रचना गर्नु भएका गीतमध्ये ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले गाएकाे ‘उदास मेरो जीवन कथा’ समेतका गीतहरू निकै चर्चित छन् । साथै नारायणगोपालको सङ्गीतमा फत्तेमानले गाएको "जीन्दगीको पाना भरि सुख भेटिँदैन" शब्द, संगीत र गायन तीनै हिसाबले नेपालकाे उच्च काेटीकाे गीतमध्ये पर्दछ ।
भैरवनाथकै शब्द रहेको तारादेवीले गाएको "अमर माया छाडेर जाने पर्देशी आएन", डेजी बराइलीले गाएको "भीका(खा)री हुँ म हिँड्नु छ आखीर.." जस्ता गीतकाे रचना गर्नु भएकाे छ । भैरवनाथकै शब्दमा रहेकाे र दीप श्रेष्ठले गाएकाे "हुँ यात्री एउटा रुमल्ली हिँड्ने" सायद दीपका उत्कृष्ट गीतमा पर्दछ ।