पृथ्वीनारायण शाह र आजको युग

  

प्रा. डा. सुरेन्द्र के.सी.  

विषय प्रवेश

पृथ्वीनारायण शाहको जन्म वि. सं. १७७९ पौष २७ गते वर्तमान गोरखाजिल्लाको सदरमुकाम अवस्थित गोरखादरबारमा राजा नरभूपाल शाहका ज्येष्ठ पुत्रका रूपमा भएको थियो । तिनताका नेपाल बाइसी, चौबीसी, पूर्वका सेन र काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू गरी साना–ठूला भिन्न ५२ जति भुरेटाकुरे राज्यका रूपमा विद्यमान थियो । हुन त इतिहासविद्हरू गोरखालाई यीमध्ये कुनै एक श्रेणीमा आबद्ध गराउन त्यति इच्छुक देखिँदैनन् । यो राज्य बाइसी, चौबीसी कुनै पनि सूचिमा नपर्ने त्यसको विपरीत एक स्वतन्त्र राज्यका रूपमा रहेको मानी उसको वैशिष्ट र उच्चतालाई विशेष स्थान दिन उद्दत देखिन्छन् । यो एक मनोगत ग्रन्थी वा गोरखालाई विशेष महत्व दिने भावले मात्र अभिप्रेरित रहेको विचार देखिन्छ किनभने सम्पूर्ण राज्यहरू त्यसप्रकार बाइसी, चौबीसी, सेन र मल्लराज्यका रूपमा सूचीबद्ध भइरहँदा गोरखामात्र पृथक् रहने कुनै कारण देखा पर्दैन । वस्तुतः गोरखा चौबीसीअन्तर्गत नै रहेको मान्नुपर्ने हुन्छ । भूगोलका दृष्टिले ऊ तात्कालिक चौबीसीराज्यहरू– लमजुङ, तनहुँ, स्याङ्जा आदि राज्यहरूकै लहरमा जोडिएको वास्तविकतालाई आजको उसको भौगोलिक अवस्थितिले नै पुष्टि गरिरहेको अवस्था छ ।

भौगोलिकताको प्रश्न

भौगोलिक दृष्टिले तात्कालिक नेपाललाई पनि जर्मनी वा इटालीकै जस्तो भौगोलिक अभिव्यक्तिमात्र नै मान्न सकिन्छ । तिनताका यस भूगोलभित्र कुनै ठोस नेपाल राष्ट्रकै अस्तित्व देखापर्दैन जो प्राचीन धार्मिक ग्रन्थहरूमा यसबारे साना–ठूला चर्चा र प्रसङ्गहरू उल्लेखमा आउने गर्दछन् । जुन बिन्दुबाट त्यस भूगोलमा केही ठोस राज्यहरूको उल्लेख आउन थाल्छ, त्यसबखत यहाँ नेपाल उपत्यका, कपिलवस्तु, विदेह र देवदहजस्ता राज्यहरू कÐमशः काठमाडौँ उपत्यका र मध्यतराई क्षेत्रमा देखापर्ने गर्छन् । समयावधिका दृष्टिले यो काल इस्वीको आरम्भ हुनुपूर्व झण्डै १००० इशापूर्व हुन पुग्दछ । तिनताका काठमाडौँ उपत्यकामा किरातराज्य देखापर्दछ भने मध्यतराईमा विख्यात राजक¬मार सिद्धार्थ गौतम बुद्धका पिता, मावली वा ससुराली खलकको राज्य कपिलवस्तु देवदह र त्यत्तिकै विख्यात राजा जनकद्वारा शासित विदेह (मिथिला) राज्यहरू देखापर्दछन् । तिनताका नगर राज्यको अभ्यास हुँदा कपिलवस्तु वर्तमान कपिलवस्तु जिल्लाकै वरिपरि अनि विदेहचाहिँ वर्तमान धनुषाजिल्ला वा जनकपुरकै वरिपरिमात्र सीमित थियो वा त्यसभन्दा पनि परसम्म विस्तारित थियो कि ?

त्यसैगरी किरातराज्यको क्षेत्र कहाँसम्म विस्तारित थियो त ? केही पनि प्रष्ट पार्न सकिन्न । वर्तमान कर्णाली भेग र कोशीपारिको क्षेत्र अनकण्टार जङ्गलमात्र रहेको सहजै अनुमान गर्न सकिए तापनि त्यसमाथिको अधिकार र सार्वभौमसत्ताबारे निश्चय नै ठोकेर पनि भन्न सकिने सामग्रीहरू इतिहासमा प्राप्त छैनन् ।

अर्काेतर्फ, इशापूर्व छैठौँ वा पाँचौ शताब्दितिर नै कोशल नरेश प्रसेनजितद्वारा कपिलवस्तु अनि मगध नरेश अजातशत्रुको भीषण हमलाद्वारा विदेहराज्य विनष्ट पार्ने काम भयो । त्यसपछिका अनेकौँ वर्षहरू ती राज्य अज्ञात अवस्थातर्फ धकेलिए । त्यस अवस्थामा ती क्षेत्रहरू पूर्णतः अनकण्टार क्षेत्रमा रूपान्तरण भए वा अज्ञातस्थलका रूपमा यथावत् रहे ? कम्तीमा कपिलवस्तु क्षेत्र पूर्णतः उजाड भएको मानिए तापनि विदेह क्षेत्रको स्थितिका बारेमा इतिहासहरू त्यति मुखर छैनन् । हठात् ई. १०९७ मा दक्षिण भारतका सेनापति नान्यदेवद्वारा वर्तमान बारा–पर्सा क्षेत्रमा एक पृथक् राज्यको स्थापना गर्दा त्यस राज्यको नामकरण सिम्रौनगढ परेको देखिए तापनि ई. १३२४ मा दिल्लीका सुल्तान गयाशुद्धिन तुगलकद्वारा यसको पनि सर्वनाश गरेको देखापर्दछ । २२७ वर्षसम्म अस्तित्वमा रहेको यस राज्यले पनि त्यसपछि लामो समयसम्म कपिलवस्तु वा विदेहकै जस्तो अज्ञाततर्फ धकेलिनुपरेको पाइन्छ । उता इस्वीको बाîौँ शताब्दीतिर खारी प्रदेशबाट झरेका नागराजले  खस मल्लवंशका नाममा अर्काे एक नविन राज्यको स्थापना गरेको सूचना इतिहासका सामग्रीहरूले प्रदान गरेको पाइन्छ । उत्कर्षका दिनमा यस खसराज्यले पश्चिममा सम्पूर्ण कुमाउँ–गढवाल, उत्तरमा तिब्बतको गुंगे अनि पूर्वमा वर्तमान गोरखाराज्यलाई नै स्पर्श गरेको देखापर्दछ । यता गोरखादेखि कोशीपारिसम्मको स्थिति के रèो ? त्यतातर्फ पनि इतिहास त्यत्ति प्रष्ट पार्न सक्षम देखिन्न भने चौधौँ शताब्दीको उत्तराद्र्धतिरबाट यस विशाल  खस साम्राज्यले पनि उही विभाजनकारी नियति व्यहोर्नुपरेको देखापर्दछ ।

यतिका उतारचढावका बीच देखिन्छ के भने विशाल खस साम्राज्यकै जस्तो लिच्छविकालिक नेपाल कमोवेश आजकै नेपालको आकारको भूगोल लिई बसेको र कम्तीमा पूर्वमा कोशी अनि पश्चिममा गण्डकी नदीसम्म यसको क्षेत्राधिकार रहेको तथ्यलाई अहिलेसम्म पनि जीवन्त रहेको चाँगुनारायणमन्दिर परिसरभित्र कुदिएको चाँगुनारायण स्तम्भ स्वयंले बताई नै रहेको अवस्था छ । यो स्तम्भ नै यस्तो हो जसले प्रामाणिक रूपमा नेपालको प्राचीनता, ऐतिहासिकता एवं प्रामाणिकतालाई सालनालसहित पुष्टि गर्दछ । त्यसैले भन्दछ लिच्छवि नेपालले कम्तीमा उक्त क्षेत्रसम्मको भूगोललाई “नेपाल” का रूपमा समेट्यो । लिच्छविकालका सामग्रीहरू पूर्वमा रुम्झाटारसम्म अनि पश्चिममा गोरखासम्म पनि दुरुस्त फेला परे । दुर्भाग्य । यो राज्य पनि या त अन्धकारतर्फ होइन भने विभाजनकै शिकार भएपछि मूलतः यो नेपाल एक भौगोलिक अभिव्यक्तिमात्रमा सीमित रहन पुग्यो ।

फलस्वरूप लिच्छविकालिक नेपाल ‘नेपालमण्डलका रूपमा मूलतः काठमाडौँ उपत्यकाभित्र सीमित रहन आयो भने झण्डै ३०० वर्षपछि विशाल खस साम्राज्य पनि विभिन्न बाइसी, चौबीसी अनि थप भुरेटाकुरे राज्यहरूमा विभाजन हुन पुग्यो । कति दुःखान्त भने यो नेपालमण्डल पनि झण्डै २०० वर्षको भोगपछि (ई. १२००–१३८४) कान्तिपुर, ललितपुर र भक्तपुर गरी ३ बेग्लाबेग्लै मल्लराज्यका रूपमा विखण्डित हुन पुग्यो । एउटा अवस्थामा त उपत्यकाको पूर्वतर्फ दोलखा र बनेपातर्फ पनि थप २ स–साना भुरेराज्यहरू अस्तित्वमा आई तिनका आफ्नै मुद्रा ढलोट वा अन्ताराष्ट्रिय सम्बन्धहरू कायम भएका आदि प्रसङ्गहरू पनि इतिहासका पन्नाहरूले देखाउने गर्दछन् । जे होस्, यत्तिका उतारचढावपछि यस भूगोलमा विस्तारित राज्य र सार्वभौमसत्ता कुनै एकात्मक र एकीक¯त नेपालभन्दा पनि विभिन्न ५२ राज्यहरूमा विकेन्द्रित र विखण्डित इदमित्थं नै हाम्रो देशको वास्तविकता रèो । फलतः आज यो प्रश्न नै हाम्रो मुलुकको इतिहास बुझाईमा एक तगारोका रूपमा रहेको तथ्य पनि ज्ञातव्य रहेको छ । जबसम्म इतिहासको यस तगारोलाई खोलिँदैन तबसम्म हाम्रो मुलुकको वास्तविकता पनि उद्घाटन गर्न सकिने छैन ।

नेपालको इतिहास बुझ्ने र व्याख्या गर्ने समस्या

इतिहासलाई प्राग्इतिहास, आद्यइतिहास र लिखित इतिहास गरी विभिन्न ३ चरणमा बाँड्ने चलन भए तापनि हाम्रो इतिहास लेखनको विधि भने यस अभ्यासलाई नअपनाई सोझै प्राचीन, मध्य र आधुनिक गरी विभिन्न तीनकालमा विभाजन गरी अनुसन्धान एवं व्याख्याविश्लेषण गर्ने प्रचलन छ । उता मानवसभ्यताको इतिहास भने स्वभावतः लाखौँ होइन, करोडौँ वर्षको हुने नै भयो । कम्तीमा १ करोड ५० लाख वर्षको उहापोहपछि मात्र मानवसभ्यताले आजको चरण प्रारम्भ गरेको मान्ने प्रचलन रहने गरेको छ । हाम्रो इतिहास लेखनले यी सबै प्रचलनहरूप्रति विलकुलै आँखा चिम्लेर एकैचोटी राजतन्त्रात्मक समाज र चरणबाट देशको इतिहास पर्गेल्ने प्रचलन अपनाउने गरेको पाइन्छ । सबैलाई थाहा छ– राजतन्त्र ऐतिहासिक चरणको सबैभन्दा पछिल्लो चरण नै हो ।

आजसम्मको अन्वेषणले मान्छेको प्राचीनतम पुर्खा कम्तीमा १ करोड ५० लाख वर्षअघि अफ्रिकाको केन्याबाट प्रारम्भ भएको मान्ने प्रचलन छ । नेपालकै कुरा गर्दा पनि यस देशको वर्तमान बुटवलको तिनाउ नदीमा रामवानरको १ करोड १० लाख वर्षअघिको दाँत फेला परेको स्थिति छ । रामापिथेकशलाई दक्षिण एशियामा रामवानर भन्ने अभ्यास छ । जो बनमान्छेभन्दा थोरै भिन्न भए पनि यसैलाई मानिसमात्रको सबैभन्दा निकटको पूर्वज मान्छे हो भन्ने नृतत्ववेत्ताहरूको मान्यता रहने गरेको पाइन्छ । उता सालनालकै कुरा गर्दा लिच्छविकाल अन्यथा गोपाल–महिषपाल हुँदै किरातकाललाई राजतन्त्रात्मक युग मान्दा पनि यस प्रणालीको सूत्रपात इशापूर्व १००० भन्दा उता तान्न सकिने स्थिति किमार्थ रहन जाँदैन । त्यसैले भन्न के सकिन्छ भने जबसम्म इतिहासले उसको व्याख्या विश्लेषणको यस विधिलाई अपनाउँदैन तबसम्म यसको वास्तविकताको कुरा गर्नु नै व्यर्थ हुन जान्छ । जुन प्रणालीलाई हाम्रो व्याख्या–विधिले हालसम्म पनि अपनाउनु त टाढा, सोच्नेसम्म गरेको पनि पाइने छैन । अतः इतिहास क्षेत्रले ढिलो चाँडो सम्पादन नगरी नहुने एक महत्वपूर्ण कार्य क्षेत्रका रूपमा यसलाई पनि मान्नुपर्ने देखिन्छ । प्रस्तुत आलेखको ध्येय हाम्रो राष्ट्रको एकीकरण प्रक्रिया र त्यस प्रक्रियाका थालनीकर्ता वा जनक पृथ्वीनारायण शाहका आर्थिक, सांस्कृतिक र प्रशासनिक, व्यापारिक एवं परराष्ट्रनीतिको सान्दर्भिकतामाथि प्रकाश पार्नु मात्र हो ।

नेपालको एकीकरण कि गोरखाको विस्तार ?

पृथ्वीनारायण शाहले जुन परिवेश र कारणले गोरखाराज्यको विस्तार अभियान थालनी गरेका थिए त्यो उक्त राज्यको साम्राज्य विस्तारमात्र थियो वा नेपाल राष्ट्रकै एकीकरण ? भन्ने प्रश्नमा समेत आजका इतिहासवेत्तादेखि राजनीतिक नेताहरूसम्ममा ठूलो दिग्भ्रम रहेको तिनका यदाकदाका बोलि–वचन स्वयंले पुष्टि गर्दै गरेको स्थिति छ । पृथ्वीनारायण शाहले कस्तो परिवेशमा किन र कसरी त्यस एकीकरण अभियानलाई सञ्चालन गर्नुपरेको थियो र त्यसो गरी रहँदा उनले भोलिका पिँढीलाई जे दिशानिर्देश गरेर गए वर्तमानमा त्यसको औचित्य र महत्व के होला ? वस्तुतः उनको विजय अभियान आफ्नो राज्यको विस्तारभन्दा पनि हाम्रो देशको राष्ट्र निर्माणकै ऐतिहासिक प्रक्रिया थियो अन्यथा त्यस भूगोलमा किमार्थ आजको नेपालको अस्तित्व सम्भव थिएन । त्यसको विपरीत वर्तमान भारतकै एक अङ्गका रूपमा हामीले अस्तित्वरहित भई बाँच्नको विकल्प रहने थिएन । यस मानेमा पृथ्वीनारायण शाहले आफ्नो ५२ वर्षे अल्पायुको जीवन र ३२ वर्षे शासनकाल (वि. सं. १७९९–१८३१) मा हाम्रा लागि जे विरासत र योगदान छोडेर गए निश्चय नै त्यो जति नै प्रशंसा गरे पनि कम नै हुनेछ ।

दिव्योपदेश र त्यसको मर्म

२० वर्षको यौवनावस्थामा राजगद्दीमा बसेका पृथ्वीनारायण शाहले सुखसयल र मोजमस्तीको बाटो नरोजी राज्य विस्तारको बाटो रोज्नु अनि त्यसलाई कसरी चिरकालसम्म थामी रहन सकिने हो सोसम्बन्धी नीति पनि छोडेर जानु निश्चय नै उनको अगाध देशभक्ति एवं दूरदर्शी नै हो । एक दिन पनि आराम–फुर्सद नलिई चलाएको सैनिक अभियान मूलतः सार्थक नै भए तापनि प्रारब्धले उनलाई ५२ वर्षको छोटो आयुमात्र दियो । उपत्यका विजय गरी यसलाई नयाँ नेपालको राजधानी बनाउने र पूर्वतर्फको अभियानमा पूर्णतः सफलता मिलेको भए तापनि पश्चिमतर्फको विजय विस्तार र सफलतामा भने उनलाई वाञ्छित सफलता मिलेको थिएन । यस कार्यलाई उनले आगामी पिँढीकै जिम्मामा छोड्नुपर्ने अवस्था आइलाग्यो । फलस्वरूप पश्चिम विजयको तारतम्य मिलाउन नुवाकोटतर्फ लागेकोमा अचानक विरामी भएका उनले स्वयंद्वारा निर्मित नुवाकोटको भव्य दरबारमै आफ्ना भाइभैयाद, ठूला–ठालु र भरोशायुक्त व्यक्तिहरूलाई एकत्रित गरी नविन राज्यले के कस्ता आर्थिक, सामाजिक, राजनीतिक एवं वैदेशिक नीति अवलम्बन गर्नुपर्ने हो, सम्पूर्ण विषय समेटी दिइराखेको निर्देशन नै इतिहासमा दिव्योपदेशको नामले सुरक्षित रहेको छ । उक्त दिव्योपदेशमा उनले व्यक्त गरेका शब्द उपयोगीमात्र छैनन्, ती हाम्रो देशको भाग्य र भविष्यदेखि सत्ता साझेदारीमार्फत यसको दिगोपनासम्मका विषय मर्मस्पर्सी र ह्दयस्पर्शीसमेत रहेका छन् । महत्वपूर्ण पक्ष के भने २४५ वर्षपछि आज पनि तिनको सान्दर्भिकता र महत्व नेपाल, नेपालीका लागि त्यत्ति नै मर्मस्पर्शी, दूरदर्शी र हितकारी देखिन्छन् । त्यहाँबाट विचलित भएको खण्डमा यस देशको रक्षा नै धरापमा पर्ने स्पष्टै देखिन्छ । दिव्योपदेशमा जे विचार, अनुभव र सूत्र उल्लेख गरी गएका छन्, तिनीहरू नै उनको विचारका वर्तमान संस्करणहरू हुन भने तिनीहरू नै आजको युगमा उनको वैचारिक सान्दर्भिकता पनि ।

वास्तवमा महान् मान्छेका विचार र सूत्रहरू सर्वकालिक हुन्छन्, कहिल्यै पनि असान्दर्भिक हुँदैनन् किनभने तिनीहरू तत्कालको फाइदामात्रका लागि प्रतिपादन गरिएका नभई सर्वकालिक ढंगले दूरदर्शी आधारमा परिकल्पना गरिएका हुन्छन् । आवश्यकता कति मात्र छ भने यस युगका मानिसले तिनको प्रयोग कतिको समय सापेक्ष गर्न सक्ने हैशियत राख्छन् किनभने त्यस्ता विचारहरू जहिल्यै पनि सूत्र हुन्छन्, यान्त्रिक हुँदैनन् । जसलाई तत्काल रहेको पिँढीले सूत्रमा भन्दा पनि समयसापेक्ष प्रयोग गर्नुपर्ने हुन्छ । प्रश्न छ, पृथ्वीनारायण शाहले दिएका सूत्रहरू हुन् के ? अनि तिनको प्रयोग गर्ने कसरी ? अब थोरै यसबारे चर्चा गर्नपरेको छ । उक्त नुवाकोट दरबारमा पृथ्वीनारायण शाहद्वारा दिइएका मूलभूत विषयहरू यी देखिन्छन् ।

१. गृहनीति    २. परराष्ट्रनीति     ३. अर्थनीति    ४. युद्धनीति
५. न्यायिकनीति     ६. मौद्रिकनीति     ७. खानीनीति     ८. सांस्कृतिक नीति
९. व्यापारनीति     १०. धार्मिकनीति आदि ।

१. गृहनीति

देशको कानुन व्यवस्था दुरुस्त राख्नुपर्छ भन्ने पृथ्वीनारायण शाहको सोचाई थियो । यसका लागि सर्वसाधारणले रुचाएको व्यक्ति नै देशको प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्यता उनी राख्दथे । त्यस्तो व्यक्ति आफ्नो क्षमताद्वारा सिद्ध भइसकेको हुनुपर्छ भन्ने उनको सोच थियो । यसका लागि भारदारहरूबीच कटुता होइन समझदारी र सुसम्बन्ध हुनुपर्ने, प्रमुख भारदारहरूबीच वैवाहिक वा मैत्रीपूर्ण सम्बन्ध पनि रहनुपर्दछ भन्ने उनका मान्यताहरू थिए । यसै नीतिअन्तर्गत उनले विराज बखेतीलाई मूलकाजी बनाउने विचार हुँदाहुँदै पनि जनचाहनाअनुसार कालु पाँडेलाई कज्याइँ दिए पाण्डे र बस्नेतबीच वैवाहिक सम्बन्ध जोडिदिए । नेपाल खाल्डोको मनोवृत्ति बुझेर नै उनले कान्तिपुरलाई राजधानी बनाउनुपरेथ्यो अन्यथा उनी त्यो स्थान दहचोक तोक्न चाहन्थे । उपयुक्त स्थानमा मूकाम राखी जनचाहनाअनुसारको मन्त्री बनाएर जनताको आकांक्षा र दीर्घकालिक राष्ट्रिय स्वार्थमा आधारित गृहनीति नै उनको लक्ष्य रहेको दिव्योपदेशले निर्दिष्ट गरेको पाइन्छ । प्रश्न छ, आज देशको गृहनीति कसरी चल्ने गर्छ ? यसैको उत्तरको खोजी हुनुपर्छ आजको युगमा पृथ्वीनारायण शाहलाई खोज्ने र बुझ्ने विषय ।

२. परराष्ट्रनीति

    गृहकै जस्तो पृथ्वीनारायणको परराष्ट्रनीति पनि सुस्पष्ट देखिन्छ । त्यसमा उनको भनाई थियो– नेपाल दुई ठूला शक्ति राष्ट्रको चेपुवामा अवस्थित रहेकाले उसले दुवैसँग समदुरी र सन्तुलनको नीति अपनाउनुपर्ने छ । यति हुँदाहुँदै पनि छिमेकीहरू दुष्ट भएकाले युद्ध अवश्यम्भावी छ । त्यसैले यसका लागि ऊ सदैव तत्पर र चनाखो भई बस्नुपर्नेछ । देश कहिल्यै पनि आकÐमण होइन प्रत्याक्रमणकारी सोचबाट प्रेरित हुनुपर्छ । असंलग्न र अहस्तक्षेप नै नेपालको विदेशनीति हुनुपर्छ । यसका लागि सुयोग्य कुटनीतिज्ञहरूको छनोटमार्फत परिष्कृत विदेशनीति अख्तियार गर्न सक्नुपर्छ । आज यो कति अस्तव्यस्त छ ? भन्ने तथ्य पनि सायद अब हामी उपेक्षा गर्न सक्ने छैनौ ।

३. अर्थनीति

    देशको मेरुदण्ड नै उसको आर्थिक समृद्धि रहेको हुन्छ । उसले सदैव मुलुकको अर्थतन्त्रलाई दुरुस्त राख्न सक्नुपर्दछ । यसका लागि सही अर्थनीति हुनुपर्दछ । त्यो भनेको सर्वसाधारण जनतालाई समृद्धिका लागि उद्यमशील र परिश्रमी बनाउने अनि देशको सम्पत्तिबाहिर जानेभन्दा पनि बाहिरको सम्पत्ति भित्र्याउने राष्ट्रिय नीति हुनुपर्नेछ । चाहे त्यो मौद्रिक नीति होस् वा सांस्कृतिक अनि औद्योगिकनीति । कुनै पनि नीति यस्तो हुनुहुर्छ जसले गर्दा देशको सम्पत्ति पलायनतर्फ लागोस् । यस्तो अर्थनीतिले मात्र मुलुकलाई उँभो लगाउनेछ । सबैले स्वदेशी उत्पादनलाई अपनाउने र जोड दिने गर्नुपर्छ । यसका लागि अन्तरनिर्भर अर्थनीतिमार्फत मुलुकलाई आत्मनिर्भर बनाउनु वा नबनाउनुमा नै मुलुकको अस्तित्व रहने वा नरहने पनि स्पष्टै छ । यस तथ्यलाई कसैले बुझ्यो भने निश्चय नै त्यो यिनै पृथ्वीनारायण शाह नै थिए ।

४. युद्धनीति

    जाइ कटक नगर्नु झिकी कटक गर्नु, दुई मोर्चामा युद्ध नखोल्नु अनि सेनालाई सदैव तत्पर एवं जागरुक राख्नु । किल्ला बलिया बनाउनु र शास्त्रसंगतजस्ता पक्षहरूमा सदैव सचेत रहनु । सैनिक भर्तीमा पनि योग्यता र जातीय चरित्र नबिर्सनु । खस, मगर, गुरुङ र ठकुरीजस्ता जातिलाई बरियताका आधारमा भर्ती गर्नु । भारदारलाई दरबारभित्र कटाउनु भन्दा पनि यस्तै युद्धमा झोसिदिनु अनि सेनाको मनोबल र आत्मविश्वासका लागि मरवटनीतिअन्तर्गत उसैको सन्तानलाई सैनिकमा भर्ना गर्दिनु । पजनी गर्दा पनि यही कुरा बुझेर गर्नु । युद्धको मैदानमा खारिएकालाई नै अघि बढाउनु । तिनलाई धन कमाउन पनि नदिनु । प्रश्न छ, आज हाम्रो व्यवहार के छ ? सेना, प्रहरी, कर्मचारी र राज्य कस्ता नीतिले परिचालित छ त ? यो नै यस्तो विन्दु हो जसले हामीलाई स्वतः पृथ्वीनारायण शाहतिर फर्काउँछ ।

५. न्यायिकनीति

    जनतालाई न्यायमा कहिल्यै पक्षपात नगर्नु, घुष र घुस्याहालाई जहिल्यै पनि हतोत्साहित गर्दिनु । अन्याय भन्ने मुलुकमा हुनै नदिनु भन्ने उनको दिव्योपदेश थियो । अदालतको अगुवा ठक¬री अनि मगर आदि राख्नु । प्रत्येक कचहरिमा एकएकवटा पण्डित राखी न्यायशास्त्रबमोजिम अदालत चलाउनु । दण्डबाट आएको पैसा पनि राजकाजमा प्रयोग नगरी फकिर, जोगीमा बाँडिदिनु । लौ हेरौँ आज न्याय र न्यायिकप्रणाली कस्तो छ हाम्रो देशमा ? कस्तो व्यक्ति कसरी न्यायाधीश बन्छ ? अनि कसरी न्यायसम्पादन गर्छ ?

६. मौद्रिक नीति

    देशको सुस्पष्ट मौद्रिक नीति हुनुपर्छ । यसका लागि टक्सार चोखो हुनुपर्छ । देशको मुद्रा शुद्ध हुनुपर्छ ।

७. खानीनीति

    राष्ट्रको समृद्धिको आधार खनीज नै हुने हुँदा गाउँ हटाएर भए पनि खानी चलाउने गर्नुपर्छ । त्यसैगरी घर हटाएर भए पनि खेत बनाउने गर्नुपर्छ । कुलो–पैनीमा पनि त्यत्तिकै जोड लाउनुपर्छ । दुर्भाग्य । आज हामी राजधानी व्यवस्थित गर्न सक्ने अवस्थामा रहेनौँ । खानी र इन्धन उत्खनन्को कुरा त धेरै टाढा, नयाँ संरचना त झन् टाढा, पुर्खाले दिएका पूर्वाधारहरू थामी खाने सामथ्र्य पनि हामीमा देखिएन । निश्चय नै यो शासक वर्गको अकर्मण्यतामात्र होइन राष्ट्रिय लज्जाकै विषय बनेको छ ।

८. सांस्कृतिक नीति

    आफ्नो देशको जनता र सेनालाई अन्यत्र लहसीन नदिने । त्यसैगरी राजनीतिको मूलधारमा पनि बाहिरीयाहरूको घूषपैठ हुन नदिने पृथ्वीनारायण शाहको निर्देशन थियो । यसरी नै राष्ट्रले विदेशी नाचगानको पनि प्रयोग गर्नुहुन्न । यसो गर्दा नगद पनि बाहिर जाने अनि भेद पनि खुल्न सक्ने डर उनलाई थियो । त्यसैले उनी बरु उपत्यकाभित्रकै नेवारहरूको नाचगान झिकाई मनोरञ्जन लिनुपर्छ भन्ठान्थे । यस्तो विधिबाट मात्र देशलाई सुरक्षित राख्न सकिन्छ भन्ने उनको ठम्याई थियो । सोचौँ त आज हामी यसतर्फ कतिको सचेष्ट छौँ ? वस्तुतः आज हामीले आफ्नो भाषा, धर्म, संस्कृति र सम्पदामात्र बचाउन नसकिरहेको होइन चरम सांस्कृतिक हस्तक्षेपलाई पनि स्वयंले निमन्त्रणा दिने गरेका छौँ । आफ्नो परम्परा र नाचगान हामीलाई घीन लाग्छ भने परायको निकै नै महान् लाग्छ । निश्चय नै यो चरम सांस्कृतिक अवशानबाहेक केही हुन सक्दैन ।

९. व्यापारनीति

    यसका लागि उनी देशको जडीबुटी बाहिर लगि नगद खिच्ने र आमनागरिकलाई धनी बनाउनुपर्ने धारणा राख्थे । रैती मोटा भए दरबार स्वतः बलियो हुन्छ भन्ने उनको बुझाई थियो । राजाको धन नै जनताको हो भन्ने उनको बुझाई थियो । स्वदेशी वस्तुको निकासी नै मुलुक समृद्धिको आधार भएको उनको विàास थियो । आज हाम्रो व्यापारनीति, अवस्था र घाटा के छ ? शोधनान्तर स्थिति के छ ? यस्तोमा पनि हामीलाई उनकै नीतिको स्मरण हुनु स्वाभाविक छ ।

१०. धार्मिक नीति

    नेपाली समाजलाई पहिलोपटक “सबै जातको साझा फूलबारी” का रूपमा चित्रित गर्ने व्यक्ति पृथ्वीनारायण नै हुन् ।

त्यसैले उनी भन्थे– यो देश सबैको साझा पूmलबारी हो, ठूलोबडो हुनुले यसमा कुनै फरक पर्दैन ।
तदनुरूप सबैले आ–आफ्नो आस्थाअनुसारको धार्मिक आचरण गर्नु अनि कसैले पनि “आ–आफ्नो क¬लधर्म नछोड्नु” भन्ने नै उनको धार्मिक नीति थियो ।

    यताबाट उनमा कुनै प्रकारको धर्मान्धता र असहिष्णुता थिएन भन्ने नै स्पष्ट हुन्छ । दुर्भाग्य । आज हामी यस प्रश्नमा पनि विवादित–विभाजित हुन थालेका छौँ । समाज धर्मनिरपेक्ष वा सापेक्ष भन्ने प्रश्नमा धु्रवीकृत हुँदै गइरहेको पाइन्छ । अतः भन्न के सकिन्छ भने सबै जातजाति आ–आफ्नो क¬लधर्ममा रहे–बसे यसप्रकार हाम्रो समाज विखण्डन गर्नुपर्ने कुनै कारण देखा पर्दैन तर हामी यताबाट नै क्रमशः टाढिँदै गएको प्रतीत हुन्छ ।

उपसंहार

निष्कर्षमा के भन्न सकिन्छ भने आज देश कुनै कारण क्रमशः स्खलनतर्फ उन्मुख भइरहेको छ । राज्यले पृथ्वीनारायणद्वारा प्रतिपादित दिव्योपदेशलाई उनको शेषपछि नै क्रमशः उपेक्षा गरेकै कारण यहाँसम्म आइपुग्दा त उनको पथबाट नेताहरूले आपूmलाई विचलित गराइसकेको स्थिति छ । यथार्थमा उनी सदैव योग्यता, सकिÐयता, क्षमता र देशभक्तिमा विàास गर्दथे । देशले सेना र कर्मचारीलाई कहिल्यै पनि कमाउनेतर्फ होइन निर्वाहमात्र सुनिश्चित गर्ने अनि कर्मचारीले घुष लिनेदिने गरेमा ज्यानै लिइदिने नीतिले मात्र मुलुकको थिति बसाउन सकिने अन्यथा देश नरहनेतर्फ दिव्योपदेशले सर्वथा सचेत गराएको देखिन्छ । आज पनि यो स्थिति त्यत्तिकै एकनाश सत्य देखिन्छ । यताबाट उनको नीति यस दशकमा पनि समानरूपले उपयुक्त र अनिवार्य रहेको आभाष हुन्छ ।

खासगरी हामी त्यस्तो अवस्थामा यस राष्ट्रका संस्थापक तथा निर्माता पृथ्वीनारायण शाहलाई मूल्यांकन गर्न बसेका छौँ जुनबखत देशको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक अखण्डतामात्र खजमजिरहको छैन, सँगसँगै मुलुकको अर्थव्यवस्था पनि तहसनहस भई रुग्णताको दुश्चक्रमा फसिसकेको अवस्था छ । आजभन्दा ३०० वर्षअघिको एउटा राजाले जुन मिशन र भिजनका साथ राष्ट्रनिर्माणको सपना देखे, विदेशी हस्तक्षेपको आकलन गरे अनि राजनीतिज्ञहरूबीच उत्प; हुनसक्ने कटुताको पूर्वआकलन गर्दै त्यसबाट बचेर मुलुकलाई थामीखानका लागि जेजस्ता धार्मिक, सामाजिक प्रशासनिक एवं कुटनीतिक मार्गचित्र कोरेर गए । आजको पिँढीले त्यसको महत्वसमेत ह्दयङ्गम गर्न नसक्नु निश्चय नै ठूलो खेद एवं आáर्यको विषय बनेको छ ।

धार्मिक–सामाजिक, प्रशासनिक एवं कुटनीतिलाई सुनिश्चित गर्नका लागि देशको अर्थतन्त्र पनि त्यत्तिकै सुदृढ हुनुपर्छ भन्ने सोच पृथ्वीनारायणमा देखिन्छ । तदनुरूप उनले, स्वेदशी उत्पादन र दिगो अर्थनीतिको औचित्य औँल्याई मुद्रामा स्वच्छता तथा आयातमुखी नभई निर्यातमुखी अर्थनीति अनिवार्य भएको तर्फ पनि यथोचित मार्गदर्शन गरेको पाइन्छ । दुर्भाग्यको कुरा उनको शेषपछि होइन जीवनको उत्तराद्र्धतिर नै स्वयं आफ्ना पुत्र तथा राज्याधिकारी युवराज प्रतापसिंह नै उनको सोचाई बर्खिलाप भएबाट उनी ज्यादै विरक्तिएकै अवस्थामा नुवाकोट प्रस्थान गरेको अनि त्यताबाट कहिल्यै राजधानी नफर्किएको इतिहासविद्हरूको निष्कर्ष रहेको पाइन्छ ।

फलतः पृथ्वीनारायण शाहको शेषपछि नेपाल दरबारको षड्यन्त्र र काटमारको मात्र अखडा बनेन अयोग्यता र असक्षमको पनि मानक स्थान ब; पुग्दा देशले युद्ध व्यहोर्नुप¥यो भने १/३ भूभाग पनि गुम्यो । राणा शासन आयो, देशको उद्योगधन्दा पनि चौपट बने र बनेका कलकारखानाहरू पनि बन्द हुने श्रृङ्खलाले मुलुक गाँजेपछि पञ्चातकालमा भारतसँगको व्यापार ९८ बाट ३० मा झरे पनि बहुदल पुनस्र्थापना (वि. सं. २०४६-०४७) पछिको २९ वर्षले पुनः त्यस आँकडालाई ८० प्रतिशतमा उकालेबाट देशको व्यापारघाटा ११ खर्ब अनि वैदेशिक ऋण पनि ८ खर्ब नाघीसकेको स्थिति छ । सरदर वार्षिक ६ खर्बको रेमिट्यान्सले देशको आर्थिक जीवन कुनै प्रकार सुचारु देखिए पनि यो कुनै पनि बेला धरासायी हुने चुनौती छ । यसले पनि के देखाउँछ भने यस शताब्दीमा पनि पृथ्वीनाराण शाहको उद्योग र व्यापारिक नीतिकै सान्दर्भिकता छ ।

अतः आऔँ हामी देशको राजनीति, अर्थनीति, औद्योगिक नीति एवं विदेशनीतिको साँचो मनले पुनरावलोकन गरौँ अनि त्यसलाई एक्काइसौँ शताब्दी अनुकूलको बनाउने अभियानमा लागौँ । मलाई लाग्छ, हामीलाई पृथ्वीनारायण शाहले दिएको ‘‘दिव्योपदेश’ त्यही हो भने वर्तमानमा त्यसको औचित्य पनि त्यसैले अभिव्यक्त गर्दछ । आवश्यकता छ हामी कतिको त्यसलाई हृदयङ्गम गर्न सक्छौँ । आजको सन्दर्भमा उनको विचार र योगदानको सान्दर्भिकता पनि त्यही हो ।