पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रुपले समाधान हुन्छ :प्रम ओली
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदको बैठकमा नै सभामुखको कडा आलोचना गर्नु भएको छ ।
राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहका नेताहरुमाथि कटाक्ष गर्दै पूर्व प्रधानन्यायाधीशहरु प्रति पनि तिर हान्नुभयो ।
आफूले गरेका काम राम्रो भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्ने सबैलाई विकास बिरोधी भएको उपमा दिनुभयो ।
सञ्चार माध्यमदेखि बुद्धिजीवीहरु प्रति पनि आक्रोशित हुनु भएका प्रधानमन्त्री ओलीले अबको हिसाब किताब निर्वाचनको मैदानमा हुने दाबी गर्नुभयो ।
राष्ट्रिय सभाको बैठक आजै अन्त्य भएको छ । सरकारबाट बिजनेस नै नपाएको यस अधिवेशनमा सरकारकै बढी आलोचना हुन थालेपछि सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट अधिवेशन अन्त्य भइसकेको छ ।