५३०९ जनाको पिसिआर परिक्षणमा ४८८ जनामा संक्रमण पुष्टि

  

काठमाडौं । सोमबार देशभर ४८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोशालामा ५३०९ जनाको पिसिआर परिक्षणमा ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सोमबार ५१३ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ ।

यस्तै हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।