भारतको कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु
काठमाडौं । डेमोक्रेटिक पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको हो ।
अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।
राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ ।