शुक्रवार सुनको मुल्य बढ्यो ! हेर्नुहोस् कतिमा भईरहेछ कारोबार
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । आज सुनको मुल्य प्रति तोलामा रु ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९२ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै यता चाँदीको मुल्यमा भने तोलामा रु २० रुपैयाँले बढेर प्रति तोलाको रु १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।