कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

  

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य उकालो लागेको छ । आज सुनको मुल्य तोलामा रु १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै यता चाँदीको मुल्यमा भने तोलामा रु १० रुपैयाँले बढेर प्रति तोलाको रु १२ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।