हलिउड फिल्म जुमान्जी ४ बन्ने तयारीमा, दि रकले गर्यो ५ सय ५५ करोड पारिश्रमिक माग

  

काठमाडौं । हलिउडका चर्चित अभिनेता हुन् ड्वेन जोहन्सन अर्थात दि रक ।  पुर्व रेसलर समेत रहेका दि रक विश्वकै सबैभन्दा महँगा कलाकार पनि हुन् । 

हरेक वर्ष बढी पारिश्रमिक बुझ्ने कलाकारमा गनिने दि रकले नयाँ फिल्मको लागि महँगो पारिश्रमिक माग गरेका छन् । उक्त फिल्मको लागि दि रकले ५ सय ५५ करोड पारिश्रमिक मागेको बताइएको छ ।  

हलिउड फिल्म जुमान्जी बक्सअफिसमा धमाकेदार कमाई गरेका मध्य एक फिल्म हो । जुमान्जी : वेलकम टू द जंगल र जुमान्जी : द नेक्स्ट लेभलले पनि दर्शकको मन जित्न सफल भएको थियो । अहिले जुमान्जीको चौथो सिरिज बन्ने तयारीमा रहेको छ । 

सन् २०२१ को डिसेम्बरमा  रिलिज गर्ने तयारी गरिएको यस फिल्ममा दि रकलाई नै अफर गरिएको छ । यसअघिको दुई सिरिजमा उनले कूल २३।५ मिलियन डलर पारिश्रमिक बुझेका थिए ।