गृह मन्त्रालयबाट विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर
(तस्वीरहरूः पर्वताराेही निर्मल पुर्जाकाे इन्स्टाग्रामबाट)
काठमाडौंः विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु (Mount K2) नेपालका दश जना पर्वतारोहीले शनिबार सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका छन् ।
माउन्ट केटु पाकिस्तानमा रहेको र यसको उचाई ८,६११ मिटर अग्लो छ ।
यस पर्वतारोहण टोलीमा निर्मल (निम्सदाइ) पुर्जा, मिङमा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।
निकै कठिन मानिएको यस हिमालको आरोहण हिउँदे सिजन गर्नु पनि अति ठूलो चुनौती हो । यस हिमालमा हिउँदे सिजनमा कोही पनि आरोहण नगरेको पाकिस्तानको पर्यटन बोर्डले जनाएको छ ।
दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेको आरोहण दलका सदस्य एवं सुप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाले बताएका छन् ।
सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।