अभिनेत्री करिना कपुर दोस्रो सन्तानलाई जन्म दिदैँ

  

सैफ अलि खान फिल्मबाट ब्रेक लिदै


एजेन्सी । अभिनेत्री करिना कपुर दोस्रो पटक गर्भवती रहेकी छिन्। भारतिय मिडियाका अनुसार उनले यही फेबुअरीमा दोस्रो बच्चालाई जन्म दिने समाचार बाहिरिएको हो । 

त्यसैले बलिउड अभिनेता सैफ अलि खान फिल्मको सुटिङबाट केही समय ब्रेक लिने भएका छन् । करिना दोस्रो पटक आमा बन्ने भएपछि सैफले ब्रेक लिने भएको हो । यसै कारण सैफ अलिले कामबाट ब्रेक लिने सोच गरेका छन् ।

उनले एक अन्तवार्तामा घरमा नयाँ बच्चा हुन लागेका बेला कसैलाई पनि काम गर्न मन नलाग्ने बताएका छन् । उनले भने, 'घरमा नयाँ बच्चा हुन लागेका बेला कसलाई पो काम गर्न मन लाग्छ। यदि तपाई आफ्नो बच्चा हुर्किँदै गरेको हेर्नु हुँदैन भने, तपाई गल्ती गर्दै हुनुहुन्छ' ।

उनले अर्को महिनासम्मका लागि सुटिङबाट ब्रेक लिन सक्ने बताइएको छ । फिल्म 'तन्हाजी - द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को सुटिङ अहिले भइरहेको छ । साउथ सुपरस्टार प्रभास र सैफ अलि खानको मूख्य भूमिका रहेको यस फिल्मलाई निकै महत्वपुर्ण रुपमा हेरिएको छ । फिल्ममा प्रभासले राम र सैफअलिले रावणको भूमिका निभाउदैछन् । बलिउड अभिनेता सैफ अलि अहिले यसै फिल्मको सुटिङमा छन् ।