फरक स्वादका ४ म्यूजिक भिडियो सार्वजनिक

  

काठमाण्डौ । सरस्वती पुजाको अवसर पारेर बरिष्ठ संगीतकार किरण कणेलद्धारा संगितबद्ध ४ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सिटि सेन्टर, कमलपोखरीमा आयोजित कार्यक्रममा गायक, कलाकार, लेखक तथा अतिथीहरुको संयूक्त टोलीले म्यूजिक भिडियोको लोकापर्ण गर्नुभएको थियो । 
कार्यक्रममा कालिप्रसाद रिजालको शब्द र रमेश कँडेलको स्वरमा रहेको मान्छे, कल्पना सुवेदीको शब्द प्रतापदास र मेलिना राईको स्वरमा रहेको गालाको तिलैमा, बानिका प्रधानको स्वरमा रहेको साह्रै प¥यो र तिमीबिना गीतका म्यूजिक भिडियोहरु सार्वजनिक गरिएको थियो । 
मान्छे बोलको गीतमा बरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, गालैको तिलैमा गीतमा आकाश श्रेष्ठ र पुजा शर्माले अभिनय गरेका छन् । त्यस्तै साह्रै पर्योमा बानिका प्रधान आफै खेल्नुभएको छ भने तिमी बिना कभर सङ्ग हो ।
“गीतका शब्द र संगितले मानव जीवनको समवेदनासँग प्रत्यक्ष जोड्ने प्रयत्न गरेको छ” संगितकार किरण कणेंल भन्छन्, “समग्रमा संगितपे्रमीको मनछुने गीत बनेको छ ।”
कार्यक्रममा कालिप्रसाद रिजाल, क्या. विजय लामा, संगीतकार राजु सिंह लगाएतको उपस्थिती रहेको थियो ।