चिनियाँ 'भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति मिल्यो

  

काठमाडौं । चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई पनि नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ । औषधि व्यवस्था विभागले बुधबार विज्ञप्ती जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जनाएको हो ।

यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ ।

नेपालमा यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोरोनाविरुद्ध खोप कोभिसिल्डले प्रयोगको अनुमति पाइसकेको छ । राजधानी दैनिक