मराठी फिल्मबाट कमब्याक गर्दै चर्चित अभिनेत्री जया

  

काठमाडौं । लामो समयपछि बलिउडकी चर्चित अभिनेत्री जया बच्चन फिल्ममा कमब्याक गर्ने भएकी छिन् । बलिउड महानायक अमिताभ बच्चनकी पत्नि रहेकी जया ७ वर्षपछि फिल्ममा फर्किन लागेकी हुन् । 

भारतिय मिडियाका अनुसार उनले अब एक मराठी फिल्ममा काम गर्ने भएकी छिन् । मराठी फिल्ममा उनले पहिलो पटक अभिनय गर्न लागेकी हुन् । यसअघि उनले कुनै मराठी फिल्ममा काम गरेकी थिइनन् । उनले अभिनय गर्ने मराठी फिल्मलाई गजेन्द्र अहीरेले निर्देशन गर्दैछन् । 

अमिताभसँगको विवाहपछि पनि उनले धेरै फिल्ममा अभिनय गरेकी थिइन् । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी जयाले पछिल्लो पटक सन् २०१२ मा रिलिज ऋतुपर्णो घोषको फिल्म ‘सनग्लास’मा गरेकी थिइन् । तर यो फिल्म रिलिज हुन सकेन ।