तिम्रो आसु पुछ्न म नै आउनेछु मित्र !

  

कुनै पनि षडयन्त्र 
लामो समय टिक्दैन
कुनै पनि जालजेल 
सफल हुन्छ भन्ने हुँदैन
स्वार्थको चलखेल 
धरासायी भएको दिन 
तिमीले आफूलाई 
एक्लो मससुस गरेर
आसु खसालेको दिन 
तिम्रो आसु पुछ्न 
म नै आउनेछु मित्र !

यतिबेला स्वार्थको डबली
मिलेर बजाउ 
रमिते बनेर 
पाखुरी बजाउ
हुटिङ गरेर र स्वर मच्चाउ
जोरजोरले कराउ 
मलाई पुरै सिध्याउन
बल प्रयोग गरेर 
आत्मा हल्लिने गरेर 
प्रहार गर 
तर, तिमी
पानीमरुवा सावित भएपछि
तिमीले आफूलाई 
एक्लो मससुस गरेर
आसु खसालेको दिन 
तिम्रो आसु पुछन 
म नै आउनेछु मित्र !


निहित स्वार्थले अभिप्रेरित 
उक्साउनेले उचालेपछि 
यतिबेला तिमी 
तीन बित्ता उफ्रेका छौ 
रमितेको इसारामा तिमीले 
बेहोसीका साथ मुठ्ठी बजारेका छौ 
मदारीले बजाएको बाजामा
तिमी बादर जस्तै भएर 
मस्त नाचेका छौ 
तर, स्वार्थले जोडिएको सम्बन्ध 
स्वार्थ कै कारण टुटेको दिन 
तिमी एक्लो र निरास भएको बेला
तिमीले आफूलाई 
एक्लो मससुस गरेर
आसु खसालेको दिन 
तिम्रो आसु पुछन 
म नै आउनेछु मित्र !