काठमाडौं । आज बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
हिजो (आईतबार) प्रति तोला मुल्य रु ८९ हजार रुपौयाँमा कारोबार भइको सुनको मुल्य आज (सोमबार) पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८८ हजार ५ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।
यत चाँदीको मुल्य भने तोलामा रु ५ रुपैयाँ बढेर प्रति तोला रु १३३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।