बुधबार सुनको मुल्यमा फेरि गिरावट !

  

काठमाडौं । आज बजारमा सुनको मुल्यमा केही गिरावट आएको छ । आज तोलामा रु ३ सय रुपैयाँको गिरावट भएको छ । 

हिजो (मंगलबार) प्रति तोला रु ९० हजार १ सय रुपैयामा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) ८९ हजार ८ सय रुपैयाँ मात्रै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला  रु ८९ हजार ३ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ । 
यता चाँदीको मुल्य भने प्रति तोला रु १३४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।