सरकारबाट फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस

  

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन  फागुन २३ गते  आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को  बैठकले फागुन २३ गते अधिवेशन आह्वान गर्न  राष्ट्रपति समक्ष सिफरिस गरेको हो ।

प्रतिनिधिसभाको बिघटनको निर्णय बदर गर्दै सर्वाेच्च अदालतले फाल्गुन ११ गते १३ दिन भित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो  ।