एभरेष्ट बैंकको नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

  

काठमाडौं । एभरेष्ट बैंकले आज नयाँ बर्ष २०७८ को कर्पाेरेट क्यालेन्डर सार्वजनिक गरेको छ । सो क्यालेन्डर पर्यटन विभाग प्रदर्शनी मार्गमा आयोजित एक समारोहका बीच सो क्यालेन्डर अनावरण गरिएको हो । 

लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।  

“सगरमाथाको १२ फरक फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बंैकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।  

सो कार्यक्रममा डा.सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक र पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल 
हुनुभएको थियो । 

कार्यक्रमको दौरानमा बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै यसको चर्चा बढाउन बैंकले “सगरमाथाको १२ फरक फरक मुहारहरू” जस्तो अनुपम विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई पनि बढावा दिन्छ भन्ने विषयमा प्रकास पार्नुभएको थियो । 

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । त्यसैगरी देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३४, बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।