कृष्णकल्ली

  

हेर हेर हेर जुँगामुठेहरू गफिएका । कृष्णकल्लीले आफ्नो क्याबिनबाटै कर्मचारीहरूलाई  हेर्दे दाह्रा किटिन् । मोराहरू ! कामसाम गर्नु छैन, कार्यालयमा तरूणीको कुरा काट्यो – बस्यो । कृष्णकल्लीलाई खपिनसक्नु भयो र उनी उठेर टकटक जुत्ता बजाउँदै हिंडिन् । अनि आफू मातहतका कर्मचारीहरूलाई तर्सरादै एउटा सेल बनाएर पुनः आफ्नै सिटमा आएर बसिन् । हरे ! यो कार्यालयका महिला कर्मचारीहरूलाई पनि के भा’ होला ।

हरेक   तिर्थब्रतमा लोग्नेको दीर्घायूको काम नगर्दै ब्रत बस्नै पर्छ भन्ने छ र  – उस् । अनायासै ओंठ लेप्र्याइन् कृष्णकल्लीले र सोचिन् आफैं कमाउँछन् यिनीहरू र पनि किन सधैँ लोग्ने लोग्ने भनिरहन्छन् – के लोग्ने बिना एक्लो जिन्दगी एक्लै बाँच्न सकिन्न – खै, म त बाँचेकै छु, हाँसेकै छु र जीवनमा केही गरेर खाएकै छु । कृष्णकल्लीले मनमनै गुनिन् । आफ्नो स्वतन्त्रता र स्वाभिमान गुमाएर कसैकी स्वास्नी बन्नुमा त्यस्तोविधि मोह किन जागेको होला महिलाहरूमा ।

आफ्नो प्रश्नको जवाफ आफैसँग नभएपछि कृष्णकल्ली एकोहोरो घोरिरहिन् । कृष्णकल्लीलाई दिक्क लगिरहृयो( आः म पनि आज कार्यालय नआएकी भए पनि हुने रहेछ । तर दिनभरि घरमा बसेर पनि के गर्नु – नानी स्याहारेर बस्नु – लोग्नेको चाकरी गरेर दिन कटाउनु – लोग्नेको कल्पनाले नै कृष्णकल्लीलाई वाकवाकी लाग्न थाल्छ । छिः छिः छिः यी आइमाईहरू कसरी आजीवन एउटा भुसत्र्रिेको अधीनमा रहेर बस्न सक्छन् – हरे  ! कसरी सहन्छन् होलान् यिनले लोग्नेमान्छेको शरीरबाट उठ्ने हृवास्स गन्हाउने गन्धलाई – पसिनालाई – आफ्नो मखमली गालामा बाँसको झ्याङ्गजस्तै देखिने जुँगा र दारीको घोचाई कसरी सहन्छन् होलान् यिनले – आफ्नो स्वतन्त्रता जिन्दगीमा यिनले कसरी सहन्छन् होलान् एउटा जुँगामुठेको दैनिक हस्तक्षेपलाई – कसरी समर्पण गर्दा हुन् यिनले एउटा बज्रस्वाँठलाई आफ्नो गुलाफी तन, रेशमी मन ।

आफू बिछिएर अर्काबाट आफूलाई लुटाउनुमा के कस्तो बुद्धिमता छ – लोग्नेबाट दैनन्दिन लुटिनुमा कस्तो आनन्द प्राप्ति हुन्छ – यो ‘लोग्ने’ शब्दको स्मरण हुनासाथ कृष्णकल्लीको आङ त्यसैत्यसै जिरिङ्ग हुन्छ । लोग्नेले स्वास्नीमाथि पटक्कैपिच्छे गर्ने व्यभिचारको कल्पनामात्रैले पनि उनको टाउको दुख्न थाल्छ । त्यसैत्यसै विना कारण नै कसैसँग चरचरी बाझ्न मन लाग्छ उनलाई । लोग्ने शब्दले मथिंगल खलबलाएपछि टाउको थिचेर घोरिन्छिन् ।

कृष्णकल्ली र सोंचिरन्छिन् मनमा उब्जेका प्रश्नहरूको जवाफ । तर जति प्रयत्न गरे पनि कृष्णकल्लीले आफ्नै प्रश्नहरूको पनि जवाफ पाउन सकिनन् । त्यसैले कसो कसो उनलाई पनि एउटा काल्पनिक लोग्ने खेलाउन मन लाग्छ( दुब्लो पातालो शरीर, ओंठमा पानको लाली र आँखामा पावरको चश्मा । तर अहँ ! कृष्णकल्लीको अचेतन मनले भन्छ( लोग्ने  भनेपछि त मौकामा स्वास्नीलाई बोकेर सात समुद्र तर्नसक्ने आँटिलो होस् । नागले जस्तै स्वास्नीलाई बेरोस्, पवनको गतिमा आक्रमण गरोस् र इन्द्रले इन्द्रासनलाई मोह गरेझैं स्वास्नीको प्रेममा आकण्ठ डुब्ने बीरशाली(बलशाली भए पो पति भन्न पनि त्यसलाई सुहाउँछ । कृष्णकल्लीको कल्पनाको लोगनेले तिनलाई मरक्क अँगाल्छ ।

कृष्णकल्ली को कल्पनाको लोग्नेले तिनलाई सरक्क अँगाल्छ । कृष्णकल्ली आत्तिएर झस्किन्छे र हेर्छ रोचक पिउन् हस्ताक्षर गर्नुपर्ने कागज लिएर उभिएको रहेछ । पाकचाको अगाडि अलि असजिलो अनुभूति हुन्छ कृष्णकल्लीलाई । “पाकचा ! आज पनि श्रीमती कुट्यौ कि कसो (“( कृष्णकल्लीले हस्ताक्षर गर्दै सोधिन् । “काँ हजुर‘ हैन‘ हैन‘इहिहिहि‘।।”( पाकचाले ङिच्च गर्दै टाउको कन्यायो । “श्रीमतीलाई कुट्दा तिमीलाई आनन्द आउँछ – तिमीले उसलाई कुट्दा उसले प्रतिकार गर्दिनन् – पुलिसमा रिपोर्ट पनि गर्दिनन् (“( कृष्णकल्लीको प्रश्नको जवाफमा पाकचाले इन्कारमा मुन्टोमात्र हल्लाइरहृयो र हस्ताक्षर भएको कागज लिएर ऊ त्यहाँबाट लुसुक्क गयो । “कस्ती हुतिहारा आइमाई होली‘।।”( कृष्णकल्ली एक्लै फतफताइरहिन् । पाकचा गएतिर एक निमेषले हेरिरहिन् कृष्णकल्लीले । किन किन उनलाई जुरुक्क उठेर पाकचालाई जमाएर एक लात हान्न मन लाग्यो ।

यस्तो छुसीले समेत स्वास्नीलाई पिट्ने अरे । अनि स्वास्नीले चाह्रि पिर्टाई खाइरहनुपर्ने – किनकिन कृष्णकल्लीलाई आफ्ना फाँटमा जम्मै जुँगामुठेहरूलाई चप्पलै चप्पलले ठटाउन मन लाग्यो । शर्मछाडा लोग्नेमान्छेको जात । अलिकति मानवीयता र लज्जाबोध नभएको निर्लज्ज संवेदनाहीन लोग्नेहरू । मान्छे भएर कस्तरी यिनले मान्छेलाई नै पशुसरह पिट्न सक्छन् – कृष्णकल्लीलाई पाकचाकी अपरिचित स्वास्नीजस्ता जम्मै स्वास्नी आइमाइहरूसँग पनि रिस उठ्न थाल्छ लाछी आइमाईहरू ! लोग्नेले पिट्न आउँदा उल्टै दुई थप्पड हान्न नसक्ने, खोरमा लगेर जाक्न नसक्ने कस्ता हुतिहारा आइमाई होलान् । लोग्नेको अत्याचारमा प्रतिकार नगरेर आँसु खसालेर बस्ने स्वास्नीलाई त्यही भएर त यी लोग्ने भनाउँदाहरूले हेप्छन् । आफूले खाएको जुठोपुरो स्वास्नीका लागि छाड्छन् र नुहाउँदा लगाएको भित्रीबस्त्रसमेत स्वास्नीले नै धोओस भन्ने मनसायले स्नानगृहमै छाडेका हुन्छन् । छिः छिः छिः कल्पनाको उडानमै कृष्णकल्ली नाक चेप्र्याउँछिन् । उनलाई अचम्म लाग्छ( हरे १ तैपनि यी स्वास्नी भनाउँदाहरू लोग्नेको जुठोपुरो र भिजेको भित्री वस्त्रमै भुलेका हुन्छन् ।

कृष्णकल्लीले आफ्नै मन छामेर आफैंलाई भन्छिन् – तर खै मलाई त आजसम्म लोग्नेको चाहना कहिल्यै आएन । स्वतन्त्र आफ्नो जीवनमा के काम यी जुँगामुठेको – के लोग्नेमान्छे विनाको जीवन बाँच्नै सकिन्न त – आखिर लोग्नेमान्छेको शरीरमा त्यस्तोविधि ज्योतिर्मय तत्व के नै छ र ओंठमाथिको जुँगाको मुठाबाहेक – र्सार्वजनिक धाराहरूमा भित्री वस्त्रमात्र लगाएर नुहाउने जुँगामुठे देख्यो कि कृष्णकल्लीको कन्सिरी तात्न थाल्छ ।

उनीहरूको त्यो रूप देख्नेवित्तिकै कृष्णकल्लीलाई वाकवाकी लाग्न थाल्छ । खाजा खाने छुट्टीको खलबलले कृष्णकल्लीको तन्द्रा खलबलिन्छ । उनलाई आज खाजा खान पटक्कै मन छेन । त्यसैत्यसै वाकवाकी लागेर आइरहेछ उनलाई । तैपनि उनी झलझली पाकचाले श्रीमती कुटेको भयानक दृश्यमा डुबिरहेकी हुन्छिन् । सोफिया, प्रतिमा र नीलिमा नहुँदा कृष्णकल्लीको मन आज कार्यालयमा पटक्कै लागेन । तैपनि विभागीय प्रमुख नन्दकृष्ण लामिछानेलाई हिजोमात्रै उनले भनेकी थिइन्( “म आफूलाई कर्मचारीमात्र ठान्छु, सर ।

लैंगिकभिन्नताको दृष्टिले पुरुषको दृष्टिमा म आफूलाई कमजोर र असक्षम ठान्दिन र अरुले पनि नठानिदिऊन भन्ने आग्रह गर्दछु । त्यसैले महिलालाई मात्र भनेर दिएको विदामा म घर बस्नै सक्दिन । म अफिस आउँछु र आफ्नो काम गर्छु” आफ्नै प्रतिध्वनिमा कृष्णकल्लीले जुँगामुठे नन्दकृष्ण लामिछानेलाई देखिन् । जुँगा संम्झिने वित्तिकै हुने जुगुप्सावोधलाई लत्याउन उनले प्रतिमालाई संम्झिने  । अहा ! गुलाफको कोपिलाझैं टमक्क जिए भएकी छरिती केटी । कत्ति हिस्सी परेकी । बोल्दा पनि फूल र मोतीको  वर्षा हुने । 

कृष्णकल्लीलाई एकपटक प्रतिमालाई फोन गरूँ गरूँ लाग्छ । तर हाकिम भएर कारिन्दाको घरमा बिना काम फोन गरिहाल्न पनि उनलाई ठीक लाग्दैन । राम्री त सोफिया र नीलिमा पनि एकभन्दा एक राम्री हुन् । तर ती दुवैको रूप सौर्न्दर्यलाई तिनका जुँगामुठेहरूले बिटुल्याइसकेको हुनाले प्रतिमाको अगाडि ती दुवैको सौर्न्दर्य कृष्णकल्लीलाई फिक्का र अलिनो लाग्छ । अनि उसलाई झोंक चल्छ( जुकाजस्ता ती जुँगामुठे लोग्नेहरूसँग जसले सोफिया र नीलिमाजस्ता अपूर्व सुन्दरीको सौर्न्दर्यसमेत चुसीचुसी तिनलाई असमयमै सौर्न्दर्यहीन पारिदिए ।

असत्तीहरू ! जुकाहरू ! सामन्तीहरू ! कृष्णकल्ली मनमनै अपरिचित जुँगामुठेहरूलाई सराप्न थाल्छिन् । “हजुर !आज अलि चाँडो घर जाउँ कि भनेर ।” पाकचा कृष्णकल्लीको अघिल्तिर ङिच्च गरेर उभिरहेको थियो । “किन, रातीरातीमात्रै कुटेर पुगेन र अब दिउँसै गएर श्रीमती कुट्ने – ” – कृष्णकल्लीले जंगिदै सोधिन् । “हैन हजुर जानलाई नै डागदर काँ’ लैजाउँ भनेर ।” “भो भो ढाँट्नुपर्दैन । खुरुक्क आफ्नो काम गर्ने । अफिस छुटेपछि जाँ जान मन लाग्छ जाने ।” कृष्णकल्ली फाइलमा डुबेको देखेर एक मनको एउटा पाइलाको चालमा पाकचा बाहिर निस्कियो । फाइल एकातिर पन्छ्याएर कृष्णकल्लीले सोफिया, नीलिमा र प्रतिमालाई नै सम्भिmरहिन् । हरे ! यी तीनवटी नआउँदा नि अफिस नै खल्लो निराश र शून्य हुँदोरहेछ । त्यसमा पनि प्रतिमा नहुँदा त झन यो अफिस भूतबङलाजस्तो पो लाग्दोरहेछ ।

कृष्णकल्लीको एउटा मनले भन्यो( आः बस चढेर घरै जानुपर्‍यो । यो तनावबाट मुक्ति पनि पाइने, फूल र कोपिलाजस्ता एकभन्दा एक  फूर्तिला  केटीहरूको संगत पनि पाइने । उनलाई अचम्म लाग्छ( आफू प्रतिमाको हाकिम भए तापनि आफू तिनीसँग झ्याम्मिएकोमा । प्रतिमा पनि हाकिमसँग नलुटपुटिएका त कहाँ हो र – “म्याडम ! यसमा सही गरिदिनुपर्‍यो ।” लेखापालको आवाजले उनी झस्किन् । “पाकचा खोइ त (” “खै’ था’ भएन’ न हजुर । ‘ “ए, चाँडै घर जान दिएन भनेर रिसाको होला । अँ गोवर्द्धनजी, एउटा निजी प्रश्न गर्छ र । ।” “मैले कुरा बुझिन नि हजुर ।” गोवर्द्धन नामधारी डल्ले जुँगामुठे अकमकियो । “मैले कुरा बुझिन नि हजुर ।” “के तपाईंले नि श्रीमती कुट्ने गर्नु भा’ छ (” “किन र हजुर‘।” गोबर्द्धन नामधारी डल्ले जुँगामुठे कालोनीलो भयो । “यसै सोधेकी, जानुस्, भैगो ।” चिसो पसिनामा डुबिरहेको गोवर्द्धन नामधारीलाई बिदा गरेपछि कृष्णकल्लीले संम्झिन (यो डल्ले जुँगामुठे र तोलारामको अनुहार के विधि मिल्या होला ।

तोलाराम त श्रीमती भनेपछि हुरुक्कै हुन्छ । हुने भए श्रीमतीलाई रसभरिझैं मुखैमा राखुँलाझैं गरिरहेको हुन्छ । के यो डल्ले जुँगामुठेले पनि त्यसै गर्दो होला त – घर पुगेपछि ढोका खोलेर कृष्णकल्ली घरभित्र पसेकीमात्र के थिइन् जीवित चलचित्रसँग उनको साक्षात्कार भयो । तोलाराम र झुमरी ढोकै बन्द नगरी शयनकक्षमा प्रेमालापमा डुविरहेका रहेछन् । थुक्क ! पात्तिएका बेस्र्सर्मीहरू १ भुतभुताउँदै कृष्णकल्ली आफ्नो कोठामा पसेर लुगा फेर्न थालिन् ।

कत्तिविधि मात्तिन सकेका होलान् । विवाह गरेको एक वर्षभइसक्दा पनि के नागनागिनिझैं सधैं लठारिन परेको होला । यस्तै सोंच्दासोंच्दै कृष्णकल्लीलाई आफ्नै बुवाआमासँग पनि झोंक चलेर आयो । आफू बस्ने तलामा बहालमा मान्छे नराखों भन्दा मान्ने हैनन् । यी बुढाबुढी । अहिले आफूलाई यस्तो चर्तिकला हेर्नुपर्छ । हातमुख धोएर ऐना अगाडि उभिएर कपाल मिलाउँदै उनले आफ्नो रूपलाई नियाल्दै गुनिन्( झुमरीलाई जस्तै, सोफियालाई जस्तै र नीलिमालाई जस्तै मलाई पनि जीवनमा अँगालोभरिको पोइको रहर किन जागेन – धुतुयमने छोरो खेलाउने मातृत्व र वात्सल्यभाव मेरो छातीमा किन पलाएन – के पोइ शब्दको सहाराबिना नारीको जीवन सधैँ अपुरो नै हुन्छ त – पोई शब्द सम्भिmनासाथ कृष्णकल्लीले तोलाराम र झुमरीलाई संम्झिना र नचाहँदा नचाहँदै पनि उनी ती दुवैलाई चियाउन पुगिन् । आम्मै ! उनको तलको श्वास तलै र माथिको श्वास माथि नै रोकियो । उफ ! जुँगामुठेको अत्याचारमा पनि आनन्दको भाव निस्किन्छ र – कृष्णकल्लीलाई बढेको ढुकढुकीले गर्दा मुटु नै फुट्लाझैं भयो । उनी कोठामा आइन् र एक अंखोरा पानी घटाघट पिइन् । नकचरी आइमाई १ कृष्णकल्लीले मुखै फोरेर झुमरीलाई एक्लै गाली गर्दै आफ्नो रिस पोखिन् । उनलाई तोलारामसँग झनै रिस उठ्यो – र्समछाडा जुँगामुठे ! उल्ले के इच्छाको अगाडि मर्यादा र मर्यादाहीनताको विभेद पनि हुँदैन त – कृष्णकल्लीलाई फेरि एकपटक प्रतिमालाई फोन गर्न मन लाग्यो । तर फोन गर्ने हिम्मत भने उनले जुटाउन सकिनन् । उनलाई लाग्यो( प्रतिमा पो आफ्नी तर उनको परिवारले फोन गर्नुको कारण सोधे भने के जवाफ दिनु – कृष्णकल्लीलाई शरीरमा त्यसैत्यसै ताप बढेर आएको अनुभूति भयो ।

हरे ! बेला न कुबेला कतै ज्वरो आएको पो हो कि – आः हैन होला ज्वरो त, बरु खलखल नुहाउनु पो पर्‍यो । शरीरको गर्मी भगाउन कृष्णकल्लीले स्नानगृहमा दुईचारजना बाल्टिन पानी शरीरमा खन्याइन् तैपनि उनको छातीभित्र दन्केको गर्मीको ज्वाला शान्त भएन । किनकिन पुनः एकपटक तोलारामको कोठामा चियाउन मन लाग्यो । छिः के हेर्नु शर्मछाडा जुँगामुठे मोराहरूलाई । झमक्क रात पर्दानपर्दै कृष्णकल्लीलाई हनहनी ज्वरोले च्याप्यो ।

बाआमाले आत्तिएर डाक्टरलाई बोलाए । डाक्टरले दिएको औषधीले कृष्णकल्ली नानीझैं लुटुक्क निदाइन । आधारातमा बयलगाडा हिंडेको जस्तो अनौठो आवाज सुनेर उनी ब्युँझिन् । यताउती हेर्दा  र सुन्दा पनि केही नदेखेपछि ढोका खोलेर उनी बाहिर निस्किन् र हठात् उनले तोलारामको कोठा ढप्काइएकोमात्र ढोकाबाट साँझको दृश्यको पूर्णहुती  दृश्य देखिन् । हरे ! बेलैमा पोइ सुमर्ने रहर गरेकी भए के मेरो तोलारानले मलाई पनि यसै गथ्र्यो होला त – छिः छिः छिः उसको मुखबाट उठ्ने चुरोटको गन्ध, रक्सीको गन्ध र शरीरबाट निस्किने पसिनाको दुर्गन्धलाई के म सहनसक्थे होला त – त्यसमाथि पर्राईको आमाबाबु र आफन्तलाई आफ्नो ठानेर के म घरनोकर्नी बन्न सक्थें हुँला त – अनि एउटा पर्राई जुँगामुठेको खस्रो दाह्री र बाकलो जुँगाको घोंचाई मलाई कहाँ सहृय हुन्थ्यो र !

 पर्राई लोग्न  मान्छेको गन्ध नै मन नपर्ने मलाई, कसरी म एउटा जुँगामुठेको हातमा आफ्नो स्वतन्त्रता र स्वाभिमान सुम्पिन सक्थें र – कृष्णकल्लीले सोंचिन्( जीवनमा स्वतन्त्रता र स्वाभिमान नै आफ्नो भएन भने जीवनको के अर्थ – त्यस्तो जीवनको के महत्व – महत्वहीन जीवन बाँच्नु भनेको त ज्युदै मर्नु हैन र – उफ ! कृष्णकल्ली जहाँको तही थचक्क बसिन् । उनको छातीभित्रबाट फलाम पग्लिएर बाहिर निस्कन खोजेको अनुभूति भयो उनलाई ।

उनले दह्रो अठोट गरिन्, हैन प्रतिमा ! अब म तिमीलाई फोन गर्दिन । रातको बाह्र बजेर के भो र ! म यही बेला तिमीलाई भेट्न आउँछु, प्रतिमा ! यो मेरो वाचा भयो तिमीलाई ! कृष्णकल्लीले देखिन्( आँधीबेरी आउनका लागि कालो बादल मडारिएको रातमा उनीभने बरण्डामा उभिएर जुन लुकाउने कालो बादललाई हेर्दे उभिरहेकी थिइन् – तर उनको छायाँ भने आफ्नो गन्तव्यमा पुगनका लागि दौडिरहेको थियो । कृष्णकल्लीले बरण्डामा उभिएरै देखिन्( कालो सडकमा दौडिरहेको आफ्नो छायाँलाई केही बेरमै रातको कालो गर्भले गर्भाधान गरिसकेको ‘। ।