आज बजारमा सुनको मुल्य बढ्यो

  

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा सामान्य वृद्धि आएको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (सोमबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८७ हजार २ सय कायम भएकोमा आज बढेर प्रतितोला रु ८७ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८६ हजार ५० कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२३५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।