आज पनि बढ्यो सुनको मुल्य

  

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा पुन वृद्धि आएको छ । सुनको मुल्य तोलामा रु रु ५ सयले बढेको हो । हिजो (मङ्गलबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८७ हजार ५ सय कायम भएको थियो र आज रु ५ सयले बढेर प्रतितोला रु ८८ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८७ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२४५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।