काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन जारी गरेको छ ।
मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले मन्त्रालयले बुधवार १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गरेको हो ।
जसमा रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न उल्लेख गरिएको छ ।
यसका साथै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन पनि दिएको छ ।