सुनको मुल्य तोलामा रु १ हजारले बढ्यो

  

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा आज पनि वृद्धि आएको छ । सुनको मुल्य तोलामा रु १ हजा।ले बढेको हो । हिजो (बुधबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८८ हजार कायम भएकोमा आज रु १ हजारले बढेर प्रतितोला रु ८९ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८८ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२६० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।