आजको मौसम पुर्वानुमनः हावाहुरीसहित वर्षाको सम्भावना

  

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।