आँधी थामिएपछि

  

ऊ जोडले ढोका खोलेर कोठाभित्र पस्छ । उद्विग्न मनस्थितिले आक्रान्त भएको ऊ, बैठक कोठा, भान्सा, अरू कोठाहरूमा पसेर चारैतिर हेर्दा, त्यहाँ कोही हुँदैन, सुत्ने कोठामा आएर जुत्ता नै नफुकाली बिछ्यौनामा डड्रङ्ग पल्टिन्छ ।

खल्तीभित्र हात हालेर चुरोटको बट्टा झिकेर सल्काउँदै लामोलामो सर्को लिन थाल्छ । मनभित्रको जलनको धुवाँको अगाडि चुरोटको धुवाँ फिक्का लाग्छ उसलाई । कैयौँ दिनदेखि ऊ इँटाभट्टभित्रको आगाको हृदय लिएर जलिरहेछ ।

चुरोटको आगाले भित्रको जलनलाई अलिकति पनि शान्त पार्न सकेको छैन । दिनको कैयौँ बट्टा चुरोट ऊ पिइरहेछ, पिइरहेछ । उदभ्रान्त मनस्थितिले ऊ जुरुक्क उठ्छ; जुत्ता, लुगा फुकाल्न थाल्छ । सबै लुगा फुकालिसकेपछि, मात्र उसको शरीरमा कट्टु बाँकी हुन्छ । ऐना अगाडि गएर ऊ उभिन्छ,

मासुले कस्सिएको उसका हात, पाखुरा, छाती, तिघ्रा ! शक्ति र अर्जायुक्त उसको शरीर के कमी छ! ऊ मूल्याङ्कनको चस्माले आफूलाई माथिदेखि तलसम्म नियाल्छ । कुनै पनि अरू लोग्नेमानिसभन्दा कम ऊ आफूलाई अनुभव गर्दैन । बाँकी रहेको कट्टुलाई फुकालेर प्याँकदिन्छ । सर्वाझ्ग नाङ्गो शरीर, फेरि ऐनामा आफूलाई नियाल्छ। गुप्ताङ्गलाई हेर्दा उसभित्र अनेक तर्कवितर्क आउन थाल्छन्‌ । ऊ गुप्ताङ्गलाई मुठ्याउँछ, हल्लाउँछ।

“म यति तातो छु, यति समर्थ छु; तँलाई फेरि पनि कुन आगो चाहियो, भन्‌ ??” ऊ भित्तामा टाँसिएर मस्किरहेकी स्वास्नीको फोटो हेरेर सोध्छ ।

“तँभित्र कुन आगो छ ? जसलाई मैले शान्त पार्न सकिनँ । मभित्रको समर्थताताई तँले किन लल्‌कारिस्‌ ? चुनौती दिइस्‌ ? लात हानिस्‌ ? भन्‌ के कमी छ ममा !?” एउटा कुण्ठाग्रस्त मनस्थितिका अभिव्यक्ति ओकलिरहेछ ऊ । प्रेम गरेर ल्याएकी उसकी हृदयकी साम्राज्ञीलाई लिएर ऊ परिवारको परवाह नगरेर छुट्टिएर अलग डेरा लिएर बसेको थियो । विवाहको पाँच वर्षपछि नै उसकी स्वास्नीमा आएको परिवर्तले अहिले ऊ थिल्थिलो भएको छ ।

जीवनको एकमात्र सम्पूर्ण आधार सम्भझिएकी उसकी स्वास्नी आज उसँग छैन । कहाँ गई ऊ पत्ता लगाउन खोजिरहेछ र कता हिँडी थाहा पाउन सकेको छैन । घरकालाई भनूँ भन्न सक्दैन, साथीभाइलाई सोधूँ यो उसको इज्जतको प्रश्न हुन्छ । ऊ सहिरहेछ, सहनै नसकिने गरी मुटु थामी सहिरहेछ । उसका मनमा अनेक प्रश्न आइरहेछन्‌ ।

एकदिन उसको मिल्ने साथीले ख्याल ठट्टा गरेजस्तो गरेर भनेको थियो –

“केही महिनाका लागि हामी स्वास्नी साटासाट गरौँ, हुन्न ?”

यस्तो घटिया प्रस्तावलाई उसको संस्कारले नकारेको थियो । स्वास्नी बारम्बार भन्ने गर्थी – “तिमी सधैँ मलाई बाँधेर राख्न खोज्छौ । के म पशु हुँ ? तिमीले जे गराउन चाहन्छौ, त्यही गर्ने, के म रोबट् हुँ ? तिम्रो दासताको हद नाघिसकेको छ, म अब तिमीसँग बस्न सक्दनँ”

के गर्छ्यौ त ? मेरो प्रेमलाई लत्याए पनि छोरीको जिम्मेवारीलाई के तिमी बिर्सन सक्छ्यौ ! तिमी र म अलग हुँदा उसमा पर्ने असरलाई कहिले तिमीले सोचेकी छ्यौ ?”

एकदिन स्वास्नीले भनेकी थिई – “तिमी यति चिसो हुँदै जाउला भनेर मैले सोचेकी पनि रहेनछु ।”

फेरि एकदिन उसले किनेर ल्याइदिएको दुई हजारको जुत्ता हुप्याउँदै स्वास्नीले भनेकी थिई-

“अब मेरो मूल्य यति घटिसक्यो कि म दुई हजारको जुत्ता लगाऊँ ?”

विवाह गर्नु अघि पच्चिस रूपैयाँको चप्पल लगाएर बसमा झुन्डिएर हिँड्ने उसकी स्वास्नीको औकात बढेर आकाश छुँदै थियो । यो औकात उसले नै बढाउँदै लगेको थियो । अब बस चढ्दा उसको इज्जत जाने र बसमा तल्लो औकातका मानिस चढ्ने र उनीहरूको गन्धले बान्ता आउने भइसकेको थियो ।

स्वास्नीको जन्मथलो नेपालको एउटा सुदूरमा थियो जसको नाम थियो खाँदी। पछौटेपनले खाँदिएको त्यो गाउँमा एक्काइसौँ शताब्दीले छोएको थिएन । बडो मुस्किलले त्यहाँ एउटा मोटरसाइकल पुग्दा, देवताको रूप सम्झी मानिसहरूको पूजा गर्ने भीड लागेको थियो । बाल्यकाल र यौवनकाल त्यहीँ बिताएकी उसकी स्वास्नीलाई थाहा थिएन, हरेक घरमा सिँढी हुन्छ, तर त्यसको सीमितता पनि हुन्छ ।

ऊ असीमित सिँढी चढ्दै थिई, त्यसमा सिँढी थप्ने काममा ऊ आफू कहिले थाकेको देखाउँदैन थियो । यो उसको असीमित प्रेमप्रदर्शन थियो । स्वास्नीका इच्छाहरू यति पूर्ति हुन्थे, अब ऊ सम्भावनाभन्दा बाहिरका काल्पनिक इच्छाहरू लोग्नेसँग माग गर्न थालेकी थिई । स्वास्नीका इच्छाहरूको पूर्तिमा सम्पूर्ण सम्पत्ति उसले उडाएको थियो । उसका आफन्तहरुले, चित्त दुखाएर सल्लाह दिँदा, कसैका सल्लाह पनि उसले सुनेन, उसका लागि ती सल्लाह थिएन र मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने तिमीहरू को हौ ?” भन्दै हकारेको थियो ।

स्वास्नीका आकाङक्षाहरू सिँढी नाघेर आकाशमा उडिरहेका थिए, हातगोडा फैलाएर आकाशभर फैलँदै थिए, स्पुतनिक बनेर बतासिँदै थिए । त्यही पखेटामा सम्पूर्ण आर्जन, जग्गा जमिन, जायजेथा उडिरहेको थियो । तापनि स्वास्नीलाई केही पुर्‍याउन सकिनँ भन्ने मनोग्रन्थीले ऊ पीडित हुन्थ्यो । त्यो पीडालाई अरू लात हानेर, हुतीहारा, नामर्द भनेर अरू मर्माहत ताडना स्वास्नी उसलाई दिन्थी । यो सबै ठीकै हो भनी ऊ स्विकार्थ्यो।

आज ऊ अन्तरीक्षबाट एकैचोटि जमिनमा खस्न आइपुगेको छ । स्वास्नीका अनन्त इच्छामध्ये अर्कै लोग्ने टिपेर हिँड्ने इच्छालाई भने उसले स्विकार्ने सकिरहेको छैन । यो कसरी भयो ? किन भयो ? अझै ऊ आफैँलाई प्रश्न गरिरहेछ । अझै आफैँभित्र कमी, कमजोरी हुन सक्ने सोचले पीडित बनिरहेछ ।

ऊ फेरि चुरोट सल्काउँछ, कोठामा नाङ्गै ओहोरदोहोर, ओहोरदोहोर गरिरहेछ । छिनछिनमा हात गुप्ताङ्गमा लैजान्छ र आफ्नो सामर्थ्यको परीक्षा लिन खोज्छ । उसको साथी आज उसको साथी नभएर प्रतिद्वन्द्वी भएर उसको आँखाअगाडि नाचिरहेछ, उसलाई गिज्याइरहेछ –

“एउटी स्वास्नीलाई पनि सन्तुष्टि दिन नसक्ने नामर्द ! वीर भोग्या बसुन्धरा, म वीर थिएँ, मैले भोगेँ ! अब बिर्सिदे, तेरी स्वास्नी अब मेरी भइसकी ।”

उसलाई साथीको छातीमा पिस्तोल तेर्साउन मन लाग्छ । लुटाहा र फटाहाको जगजगी बढिरहेको बेला उसले साथीलाई चिन्न सकेनछ । उसकी स्वासी त्यसैसँग हिँडेकी हुनुपर्छ । यो आशङ्काको जाँच लिन साथीको घरमा जाँदा त्यहाँ ताला लागेको थियो । यो आशङ्का वास्तविकता नै हो भन्ने उसलाई लागेको छ ।

हातमा खुकुरी लिएर झ्वाम्मै उसलाई हानूँजस्तो भएर आउँछ उसलाई । जार काट्नु अपराध होइन, कानुनले के गर्न सक्छ ! यिनै प्रश्नहरूको भूमरीमा ऊ रन्थनिरहेछ ।

चुरोट सिद्धिसकेको छ र फेरि ऊ अर्को चुरोट सल्काउँछ । चुरोटको धुवाँ स्वास्नीको तस्बिरमा फुक्दै ऊ भट्भटाउँछ

“बाहिर सन्तुष्टजस्तै देखिने तेरो भित्र कसले, कहिलेदेखि जहर घोल्यो ? तेरो

विषाक्त फणाले मेरो घरबार किन डसिस्‌ तैँले । वतँलाई मेरो परवाह भएन, छोरीको माया भएन । तँलाई कति दिन त्यसले सन्तुष्ट पार्न सक्छ, हेरूँ म पनि । तँभित्रको बढवानललाई कतिदिन शान्त पार्न सक्छ त्यसले” ?

बाहिर ढोका खोलेको आवाज आउँछ, फ ढोकातिर हेर्छ । ढोकामा काम गर्ने साहिँली उभिएकी हुन्छे । मालिकको त्यो नाङ्गो रूप देखेर साहिँली झस्कन्छे र आँखा छोप्छे।

ऊ साहिँलीको हात समात्दै तान्दै भन्छ –

“किन आँखा लोप्छेस, हेर मेरो सर्वाड्ग शरीरलाई, यति कसिलो आकर्षक जिउ तेरो लोग्नेको थियो ! छोएर हेर” ऊ अझ तान्छ। साहिँली आश्चर्य, डर, आकर्षणमिश्रित आँखाले उसलाई हेर्छे।

“के हेर्छेस् । तेरो लोग्नेले तँलाई छोड्यो हैन ? के भो त तँ पनि अर्को लोग्ने पाउन सक्छेस्‌ । म छु तेरो लागि, तँ धन्दा नमान्‌ ।”

ऊ अकस्मात्‌ साहिँलीका लुगा फुकाल्न थाल्छ । साहिँली अलमल्ल पर्छ । उसको साहेब जसलाई ऊ चोरीचोरी हेर्थी । बाहिर निस्कँदा र भित्र पस्दा उसको गगल्स लगाएको सुन्दर अनुहार र आकर्षक व्यक्तित्वबाट ऊ आकर्षित भएकी थिई, तर ऊ मालिक र आफू नोकर, स्तरको ठूलो खाडलबिचमा थियो, सामाजिक मर्यादाको तगारोले सधैँ छेकेको हुन्थ्यो । मालिकको परिवार थियो र ऊ एक्ली ।

लोग्ने अर्कै स्वास्नी लिएर बसेर उसलाई निकालेपछि, ऊ त्यस घरमा काम गर्न थालेकी हो । ऊभित्र पनि एउटा प्रेम थियो, जुन लोग्नेद्वारा भताभुङ्ग भई अलपत्र परेको थियो । उसले मनमनले उसको मालिकलाई प्रेम गर्न थालेकी थिई, यो कुरा कसरी उसको मालिकले थाहा पायो ।

आज ऊ साहिँलीको प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरिरहेछ । साहिँली प्राप्त गर्न चाहेको कुरा आफ्नै अगाडि प्रस्तुत हुँदा नकार्न सकिरहेकी छैन । मालिक्नी घरमा नभएको अवसरको उपयोगलाई ऊ स्विकारिरहेकी छे ।

तर अकस्मात्‌ यस्तो घटना कसरी घटेको ? साहिँलीको मनमा आश्चर्य र प्रश्न प्रतिप्रश्नहरू ओइरिरहेछन्‌ ।

तर यसबखत ऊ प्रश्न सोधिरहेकी छैन, मात्र स्विकारिरहेकी छ। उसको व्यक्त हुन नसकेको आन्तरिक चाह पूरा हुँदैछ । यो एउटा संयोग हो या भगवानले उसको इच्छा पूरा गर्न पठाएको देवदूत हो उसको मालिक ।

ऊ साहिँलीका सम्पूर्ण लुगाहरू फुकालेर भुईँमा फ्याकिदिन्छ; उचालेर पलङमाथि पछार्छ र एउटा आँधीजस्तो भएर साहिँलीमाथि घोप्टिन्छ । दुई हातहरूले दुई मांसपिण्डलाई यसरी माड्छ मानौँ त्यो मासु होइन, पिठोको डल्लो हो – मुछेको पिठोको डल्लो – बेल्न तयार पारेको गोलो डल्लो ऊ ञ बेसरी माडिरहन्छ ।

साहिँली आँखा लोलाइरहन्छे, न त उसमा पीडा छ, न दु:ख छ, न यातना छ, न ऊ नकारिरहिछ । एउटा लामो समयदेखि पर्खिरहेको इच्छाको तृप्ति उसको अनुहारमा झल्किरहेछ ।

 

 

आवेग, अतृप्ति, आक्रोश सम्पूर्ण ऊ साहिँलीमाथि पोखिरहेछ । शिवको रौद्ररूपको उन्मत्त भैरव बनिरहेछ ऊ । पलङ लच्किएको आवाजले लाग्छ, पलङ भाँचिदैछ । तर साहिँली भाँचिन सक्तिन, भाँचिनुको पीडाबोध ऊसँग छैन । यस्तो पीडाको सेकाइमा ऊ अरू सेकिन चाहन्छे, अरू डामिन चाहन्छे; अरू थिचोरिन र निचोरिन चाहन्छे ।

एउटा छालको आवेग ठक्कर खाएर फर्किएझैँ गरेर ऊ साहिँलीको शरीरबाट केही शिथिल भएर बिछ्यौनाको भित्तातिर हेसिन पुग्छ ।

साहिँली जुरुक्क उठेर लुगाहरू टिपेर आफ्नो कोठातिर लाग्छे । कोठामा पुगेर लामो सास तान्छे । साहिँली आफूभित्र कस्सिएर बसेको गाँठो फुकेजस्तो, कतै अड्किएको ढुङ्गो फुटेर खसेजस्तो, भारी टाउको शीतल भएको अनुभव गर्छे ।

मालिकप्रति उसको प्रेमको सागर अनायास उर्लिएको ऊ अनुभव गर्छै । उसले यस्तो घटना पनि घट्न सक्छ भनेर कल्पना पनि गरेकी थिइन । मालिकलाई देखेर ऊ जति भित्रभित्रै आकर्षित हुन्थी, मालिक उसले कल्पना गरेजस्तै उसले अनुभव गरी ।

यस्तै घटना बारम्बार घटिरहोस्‌ भन्ने चाहनाको बाधाको रूपमा उसकी मालिक्नीको उपस्थिति हुन सक्थ्यो । तर अनिश्चित भविष्यको सम्भाव्यप्रति ऊ चिन्तित हुन चाहदिन । तर मालिक्नी अब नफर्किउन्‌ भन्ने मन भित्रभित्रै ऊ कामना गर्छे ।

“ए तँ कहाँ गएकी ? यता हेर” यो उसको मालिकको आवाज हो ।

साहिँली छिटोछिटो लुगा लगाएर कोठाभित्र पस्छे ।

मालिक मायालु आवाजमा सोध्दै हुन्छ –

“के तँ मलाई मन पराउँछेस्‌ ? भन्‌ साहिँली तँ सन्तुष्ट भइस्‌ ?? मलाई नढाँटी भन्‌, मैले तँलाई सन्तुष्टि दिन सकेँ ??” रुन्चे आवाजमा गलित भएर उसको मालिक सोधिरहेछ ।

उसलाई आश्चर्य लाग्छ, किन यस्ता प्रश्न ऊ सोधिरहेछ ।

उ स्वीकृतिको टाउको हल्लाउँछै र मुसुक्क हाँस्छे । सबै राम्रो र रमाइलो भएर आएको छ साहिँलीलाई ।

एकछिनको समुद्री आँधी शान्त भयो । एकछिन अघिको भूकम्प स्थिर भयो ।

समुद्रमा गोता मारेको उसले साहिँलीलाई पायो । साहिँली अर्थात्‌ आँधी थाम्ने सहारा ! आकाशबाट खस्न लागेको बादल थाम्ने सहारा । धमिराले खाएको मन र एसिड पोखिएको छाती लिएर ऊ सहाराकै लागि पर्खिरहेछ । भूकम्पभित्र पुरिएको मानिस भएर ऊ सास फेरिहेछ । …

“साहिँली !” अनायासै ऊ बर्बराउँछ । हराएकी स्वास्नीलाई ऊ कसरी खोजोस्‌ कहाँ

खोजोस्‌ ? असफल प्रयत्न ! फेरि ऊ बर्बराउँछ – “साहिँली !”

आँधी थामिएपछि ऊ थकितिथकित र गलित भइसकेको थियो ।