तोलामा रु ३ सयले बढ्यो सुनको मुल्य

  

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज बिहिवार सुन तोलामा रु ३ सयले बढेको हो । हिजो (बुधबार)प्रतितोला रु ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज भने रु ३ सयले बढेर प्रतितोला रु ९० हजार ८ सय कायम भएको छ । 

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ९० हजार ३ सय कायम गरिएको छ ।

उता चाँदीको मुल्य तोलामा रु १३१५ कायम गरिएको महासंघले जनाएको छ ।