ओली र देउवा मिलेर लोकतन्त्र मास्न लागे: रामचन्द्र पौडेल (भिडियो सहित)

  

काठमाडौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली र काग्रेस सभापति शेर बहादुर देउबा लोकतन्त्र मास्ने खेलमा लागेको आरोप लगाउनु भएको छ ।  नेता पौडेललले सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी गर्नुभयो ।  

उहाँले पार्टीले संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ पहल कदमी नगरेको भन्दै उहाँले राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरुबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उलंघन गर्ने काम गरेको  टिप्पणी गर्नुभयो ।

बिहिबार बिहान न्युज एजेन्सी नेपालसंग कुरा गर्दै उहाँले सरकारको मात्रै नभई पार्टी नेतृत्वको पनि चर्को आलोचना गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाउनुभयो । उहाँले गण्डकी प्रदेश संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल पनि गर्नुभयो ।