फूलले बेहुली झैँ सजिएको सहर

  

काठमाडौं ।कोरोना कहरका कारण यतिबेला  काठमाडौँ उपत्यका निषेधाज्ञामा छ । नागरिकहरु सकेसम्म घर भित्र नै बसेका छन् । सबारी साधनको चाप सडकमा छैन । यहि बेला उपत्याकाका विभिन्न स्थानमा फुलेका फूलहरुले सहरको सुन्दरता धपक्कै खुलेको छ ।

प्रत्येक वसन्त ऋतुमा काठमाडौंका सडकमा ज्याराकाण्डा फूल फुल्दछ । काठमाडौंका सडकमा यो फूल चैतदेखि जेठ अन्तिमसम्म देख्न सकिन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, शहीदगेट, टुँडिखेल, सिंहदरबार र ललितपुरको सातदोबाटो आदि क्षेत्रमा प्रत्येक वर्ष वसन्त ऋतुमा सुन्दर नीलो फूल फुलेको देखिन्छ ।