सुनको मुल्य तोलामा रु ४ सयले बढ्यो

  

काठमाडौं ।  नेपाली सुन चाँदी बजारमा आज सुन चाँदीको मुल्यमा सामान्य वृद्धि आएको छ । आज सुनको मुल्य रु ४ सयले बढेको छ । हिजो (आईतबार) तोलामा रु ९० हजारमा कारोबार भईरहेको छापावाला सुनको मुल्य आज रु ४ सयले बढेर प्रतितोला रु ९० हजार ४ सय कायम भएको छ ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ८९ हजार ९ सय कायम गरिएको छ ।

उता चाँदीको मुल्य तोलामा रु १३०० कायम गरिएको महासंघले जनाएको छ ।