पोस्टमार्टमका लागि शव लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  

प्रतिकात्मक तस्बिर

बैतडी  । बैतडीमा चट्याङ लागेर ज्यान गुमाएकाको शव लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको छन् ।

से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा दुर्घटना भएको हो । हिजो चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जीप दुर्घटनामा ज्यान गुमाउनेहरूमा वडा नम्बर ६ कै जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेका छन् ।