१४ नेपालीले कतार सरकारबाट आममाफी पाउने

  

काठमाडौं । १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।

रमादान पर्वको अवसरमा कतार सरकारले विभिन्न आरोपमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिने निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो ।