पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ, अक्सिजनको सहायता चाहिन छोड्यो

  

file photo

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।   शाहको स्वास्थ्य अवस्थामा पनि निकै सुधार भएको छ । उहाँको दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको हो ।

उहाँ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजनको सपोर्टमा रहनुभएका उहाँलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसैबीच सोही अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको पनि अस्पतालले जनाइएको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएकी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ ।