सलमानको करिअरमै सबैभन्दा कम रेटिंग पाउने फिल्म बन्यो 'राधे'

  

एजेन्सी । १३ मेमा रिलिज भएको सलमान खानको फिल्म राधेले दर्शकको मन जित्न असफल भएको छ । 

कोरोना महामारीबीच प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेन भने ओटीटीको माध्यमबाट फिल्म हेर्ने दर्शकले पनि यस फिल्मलाई सलमान खानको करिअरकै सबैभन्दा झुर फिल्म घोषित गरिदिएका छन् । 

इन्टरनेट मुभी डेटाबेस(आइएमडीबी)ले यसलाई १.८ रेटिंग दिएको छ । जुन उनको करिअरमै सबैभन्दा कम रेटिंग पाउने फिल्म हो । 

यसभन्दा अघिल्ला फिल्महरु रेस ३ ले १.९, दबंग ३ ले ३, मी एण्ड मिसेस खन्नाले ३.५ रेटिंग पाएका थिए ।