सोमबार सुनको मुल्य तोलामा रु ३ सयले घट्यो

  

काठमाडौं । आज (सोमबार) बजारमा सुनको मुल्यमा गिरावट आएको छ । सुनको मुल्य तोलामा रु ३ सयले घटेको हो । 

हिजो (आइतबार) प्रतितोला रु ९४ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) घटेर प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९३ हजार ३ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।