सुनको मुल्य तोलामा रु ३ सयले बढ्यो

  

काठमाडौं । आज (मंगलबार) बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । 

हिजो (सोमबार) प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) बढेर प्रतितोला रु ९४ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९३ हजार ६ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।