बुधबार सुन/चाँदीको मुल्यमा सामान्य वृद्धि

  

काठमाडौं । आज (बुधबार) बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु १ सयले बढेको हो । 

हिजो (मंगलबार) प्रतितोला रु ९४ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) बढेर प्रतितोला रु ९४ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९३ हजार ७ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।