बिहिबार सुन/चाँदीको मुल्यमा भारी गिरावट, तोलामा रु ११ सय घट्यो

  

काठमाडौं । आज (बिहिबार) बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मुल्य तोलामा रु एघार सयले गिरावट आएको हो । 

हिजो (बुधबार) प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) रु एघार सयले घट्दै प्रतितोला रु ९२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ५ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।