मंगलबार सुनको मुल्य बढ्यो

  

काठमाडौं । आज (मंगलबार) बजारमा सुनको मुल्य बढेको छ। सुनको मुल्य तोलामा रु ९ सयले बढेको हो । 

हिजो (सोमबार) प्रतितोला रु ९० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) रु ६ सयले बढ्दै प्रतितोला रु ९१ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९० हजार ५ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।