तिमी हुनुको

  

पोल्टामा सर्प बोकेर

गालामा लाली

र मायाका चेपारे

सुमसुम्याएर आफैँले आफूलाई

कुनैकुनै बेला

ब्युँतिन्छु

र डराउँछु

सर्प छामेर

रुन्नँ  पनि

चिच्च्याउन्नँ  पनि

र हाँस्न ?

कसरी हाँस्तै छु म !

तिमी छौ

एउटा विडम्बनाजस्तो

हुनु-नहुनुको दोसाँधजस्तो ।