बिहिबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

  

काठमाडौं । बिहिबार अमेरिकी डलर, युरोसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३१ पैसा तोकिएको छ ।  

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३४ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८५ पैसा तोकिएको छ ।

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४९ पैसा तोकिएको छ।  

एक युरोको खरिददर १ सय ४० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ८६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १७ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ४७ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ७९ पैसा तोकिएको छ।