प्रधानमन्त्री देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

  

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ । उहाँसँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले आज शिष्टाचार भेट गरी प्रधानमन्त्री खानको सो बधाई ज्ञापन गर्नुभएको थियो । 

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनबारे छलफल भएको उक्त परराष्ट्र मन्त्रालयले जनाएको छ ।