डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आइतबार विदेशी मुद्राको विनिमयदर कति छ ?

  

काठमाडौं । साताको पहिलो दिन आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।  

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ १० पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ ।

जापानी यनको खरिददर १० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८९ पैसा तोकिएको छ । यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ७३ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ३२ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ६१ पैसा तोकिएको छ।