आज घट्यो विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?

  

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।  

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

जापानी यनको खरिददर १० रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८८ पैसा तोकिएको छ । यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३६ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ०२ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।