दुई भेरियन्टमा हुन्डाई आई–२० आगामी बिहिबारबाट बजारमा उपलब्ध

  

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई–२० आगामी बिहिबारबाट विक्री सुरु गर्ने भएको छ । हुन्डाईको सफल एसयूभी क्रेटा र सेडान भर्नाको धेरै फिचर समावेश गरिएको आई–२० पहिलेभन्दा थप स्पोर्टी र ठूलो साइजमा आउने भएको हो । 

प्रिमियम ह्याचव्याक सेग्मेन्टको आई–२० म्याग्ना र स्पोर्टज् भेरियन्टमा उपलब्ध रहेको जनाएको छ । नेपाली बजारमा आई–२० लाई १.२ लिटर पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।

कम्पनीले म्याग्ना भेरियन्टको मूल्य ३८ लाख र स्पोर्टज् भेरियन्टको मूल्य ४२ लाख हारहारी राख्ने अनुमान गरिएको छ । बजारमा माग भएको खण्डमा आस्टा भेरियन्ट पनि आउने कम्पनीले जनाएको छ ।