काठमाडौंमा भिडभाडजन्य गतिविधि नगर्न/नगराउन प्रशासनको आग्रह (सुचनासहित)

  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि, अव्यवस्थित रुपमा सार्वजनिक गतिविधिले कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गराएको हो । 

‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ । 

जारी सूचना हेर्नुहोस्: