राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसको निर्णय र नेपाली क्रिकेट (भिडियो सहित)

  

काठमाडौ  । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका छन । संयोग यो मिलेको छ, नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्डविरुद्ध प्राप्त गरेको सफलताको दिनमा खड्काले अन्तर्राष्ट्रिय करियरबाट विदा लिने निर्णय लिएका छन् ।

सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विट मारेका हुन ।