साताको दोस्रो दिन सुन र चाँदीको भाउ स्थिर

  

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ १० रुपयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ।   

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय कायम कायम गरिएको छ ।  
 

यस्तै सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।