यस वर्ष विभिन्न जिल्लामा हरितालिका तीजको रौनक (फोटो फिचर)

  

काठमाडौं । कोरोना कहरको कारण हरितालिका तीजको दिन बिहीबार पशुपति मन्दिरमा प्रवेशमा रोक लगाएपछि पशुपति क्षेत्रको वरिपरि सडकमा पूजा गर्दै हिन्दू महिला । 

नेपाली हिन्दू महिलाको महान् पर्व तीजको दिन बिहीबार पशुपति मन्दिर परिसरमा बाबासँग आर्शिबाद लिँदै ब्रतालु महिला । कोरोना भाइरसको कारण पशुपति मन्दिर दर्शनका लागि सबै ढोका बन्द गरिएकाले बाहिरबाटै दर्शन गरेर फर्किने गरेको छ ।

कोरोना कहरको कारण हरितालिका तीजको दिन बिहीबार पशुपति मन्दिरमा प्रवेशमा रोक लगाएपछि पशुपति क्षेत्रको वरपर रहेको पसलअगाडि तीजगीतमा नाचगान गर्दै महिला । 

कोरोना कहरको कारण हरितालिका तीजको दिन बिहीबार पशुपति मन्दिरमा प्रवेशमा रोक लगाएपछि पशुपति क्षेत्रको वरिपरि सडकमा पूजाआजा गर्दै हिन्दू महिला ।

नेपाली हिन्दू महिलाको महान् पर्व तीजको दिन बिहीबार पशुपति मन्दिर परिसरमा पूजाआजा गर्दै महिला । कोरोना भाईरसको कारण पशुपति मन्दिर दर्शनका लागि सबै ढोका बन्द गरिएकाले बाहिरबाटै दर्शन गरेर फर्किने गरेको छ ।

हरितालिका तीज पर्वका अवसरमा बिहीबार सामूहिक रुपमा पूजा गर्दै ब्रतालु महिला । तीजले भिडभाड निकै बढेकाले कोरोनाबाट जोगिन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

 

नेपाली हिन्दू महिलाको महान् पर्व तीजको दिन बिहीबार मध्यपुर थिमि गठ्ठाघरस्थित चन्द्र मौलेश्वर महादेव मन्दिरमा पूजाआजा गर्दै महिला । (तस्वीर:  रत्न श्रेष्ठ, रासस)

नेपाली हिन्दू महिलाको महान् पर्व तीजको दिन बिहीबार कोटेश्वरस्थित महादेव मन्दिरमा पूजाआजा गर्न गर्दै महिला । (तस्वीर : रत्न श्रेष्ठ, रासस)

हिन्दू महिला महान् पर्व तीज पर्वका अवसरमा सप्तरीको राजविराजस्थित शिवमन्दिरमा बिहीबार आयोजित तीज महोत्सवमा नाचगान गर्दै। (तस्वीर : अरुणकुमार यादव, रासस)

हिन्दू नारीको महान् पर्व तीजका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित पशुपति मन्दिरमा बिहीबार पूजाआजा गर्नका लागि आएका बर्तालु महिलाको भीड । (तस्विर : पुरुषोत्तम सुवेदी, रासस)

हरितालिका तीज पर्वका अवसरमा बिहीबार धनगढीको वनदेवी मन्दिरमा पूजा गर्ने क्रममा शिवलिङ्गलाई जल, गाईको दूध चढाउँदै ब्रतालु महिला । (तस्वीर : तिलकराज ओझा, रासस)