गायक विनय कार्की र गायिका सुरक्षा सेन्चुरीको युगल आवाजमा 'संगै संगै जिउँला' सार्वजनिक (भिडियो सहित)

  

काठमाडौं । गायक विनय कार्की र गायिका सुरक्षा सेन्चुरीको युगल आवाजमा नयाँ नेपाली गीत 'संगै संगै जिउँला' सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र रिशिता रोयको रोमान्टिक अभिनय रहेको छ । केशव भावुकको शब्द रहेको गीतमा संगित भर्ने काम गायक विनय कार्की आफैले गरेका छन् ।

त्यतीमात्र नभई गायक विनय कार्की आफैले अरेन्ज, मिक्सिङ र मास्टरिङको काम समेत गरेका छन् । म्युजिक भिडियोको सम्पादनको काम भने अनिल रानाले गरेका छन् । गीतको म्युजिक भिडियोलाई विनय कार्की अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।